News Category 2080/09/26
लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो ः एसपी बज्राचार्य
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले साइबर क्राइम, लागु औषध जस्ता बिषयहरुमा किशोर किशोरीहरुलाई सचेतना जगाउने कार्य गरेको छ ।
गाउँपालिकाद्वारा बिहीबार आयोजित लागु औषध दुब्र्यवसनविरुद्ध अभिमुखिकरण तथा स्थानीय तहमा अपराध न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रममार्फत सचेतना जगाउन सुरु गरेको हो ।
सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जिल्लामा लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो रहेको बताउदै किशोरकिशोरीमा लागु औषधको कुलत अत्यधिक देखापरेको उल्लेख गरे ।
उनले विगतको तुलनामा पछिल्लो पाँच महिनामा मुद्दा दर्ता हुने संख्यामा कमी आएको जिकिर गरे । उनले अदालतबाट कैद सजाय तोकिएका ब्यक्तिहरु खुलेआम घुमिरहेका हुन्छन् त्यसकारण सजाय तोकिएका त्यस्ता ब्यक्तिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ विशेष जोड दिए ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले गाउँपालिका बोर्डर एरिया भएकाले लागु औषध नियन्त्रणका लागि लागिपरेको जानकारी दिँदै गाउँपालिकाले किशोर किशोरी लक्षित सचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, ललनप्रसाद राउत, कमल कुमार मण्डल, सत्यनारायण मण्डल, प्रधानाध्यापक रामप्रसाद यादवसहितकाले अपराध न्युनिकरण बारे सुझाव दिएका थिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले स्वागत गरेकी कार्यक्रममा गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले संचालन गmस्रेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ