News Category 2080/09/26

शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी

दैनिक समाचारदाता

शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी

नवीनकुमार गुप्ता
राजविराज, २६ पुस ।  
 
    विगत चार दिनदेखी चलेको चिसो हावासँगै शितलहरले सप्तरीसहित देशैभरी जनजिवन कष्टकर बन्दै गएको छ । बिहीबार जिल्लामा यो वर्ष कै सर्वाधिक चिसो महसुस गरिएको छ । 
    यता चिसोले जनजिवन कष्टर बन्दै जाँदा जिल्लाको अधिकांश स्थानीय तहले विपद्को पूर्वतयारी गरेको देखिन्न् । कतिपय स्थानीय तहले गरिब, असाहय, विपन्न वर्ग लगायतलाई न्यानो कपडाको व्यवस्था गर्न सकेको छैन् । 
    यस्तै शरीरलाई न्यानो पार्न सार्वजनिक स्थलमा दाउराको प्रबन्ध समेत मिलाउन सकेको छैन् । जबकी हरेक स्थानीय तहमा विपद् कोषको ब्यवस्था हुन्छ । तर, स्थानीय तहको हेलचक्राईले हालसम्म ती समुदायका लागि न्यानो कपडाको व्यवस्था त परै जाओस् दाउरा बाल्ने प्रबन्ध पनि मिलाउन सकेको देखिन्न् । 
    राजविराज नगरपालिकाले गत वर्ष चिसोको सुरुवातसँगै सार्वजनिक स्थानमा दाउरा बाल्ने ब्यवस्था मिलाएको थियो । यस पटक त्यस्तो प्रबन्ध मिलाएको देखिदैन् । 
    यस्तै रुपनी गाउँपालिकाले बिहीबार एक सूचना प्रकाशित गरि दाउरा खरीद गर्न सात दिनको समय राखेर टेण्डर आह्वान गरेको छ । जबकी जिल्लामा मौसमको अवस्था अनुमान गर्ने त्यस्तो कुनै यन्त्र छैन् । जसले आउँदो सात दिनमा चिसो बढ्ने कुराको संकेत दिन सक्छ । सात दिनमा चिसो अझ बढ्न सक्ने उद्देश्यले सूचना प्रकाशित गरेको जस्तो देखिन्छ । अनि सात दिनपछि दाउरा खरीद गरेर आफ्ना जनतालाई न्यानोको अनुभूती दिने बुझिन्छ । 
    यस सम्बन्धमा गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले डिभिजन वन कार्यालयमा दाउरा नरहेको बताउँदै त्यसका लागि रौतहटबाट खरीद गर्नु पर्ने बाध्यता आएकोले यस्तो सूचना जारि गरिएको जानकारी दिए ।
    यस्तै जिल्लाको अन्य स्थानीय तहहरुले पनि विपदको पूर्वतयारी गरेको देखिदैन । चिसो बढेपछि विपन्न जनतालाई राहत दिन न्यानो कपडा र आगो बाल्ने प्रबन्ध मिलाउने बारे स्थानीय तह अझै अन्यौलमै छन् । 
    श्रोतका अनुसार डिभिजन वन कार्यालय सप्तरीमा दाउराको आवश्यक मौज्दात नहुँदा सबै पालिका पूर्वतयारी गर्नबाट चुकेका छन् । पालिकाहरु हरेक वर्ष झै यस पटक पनि डिभिजन वन कार्यालयकै भरमा परेका थिए । 
    चिसो बढेपछि जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयहरुले बिदा दिएको छ । बिहीबार अत्याधिक चिसो बढेपछि राजविराजका विद्यालयहरुले टिफिनमै बिदा दिँदै एक साताका लागि विद्यालय बन्द गरेको जानकारी दिएको छ । 
    यता बाक्लो हुस्सु र निरन्तर चलिरहेको चिसो हावाले स्थानीयको दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ । विहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चलह पहल निकै घटेको छ भने अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा, रुघाखोकीका विरामीको चाप बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । 
    चिसोबाट विशेष गरी अतिविपन्न, मुसहर र दैनीक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भईरहेका छन । अतिविपन्न मुसहर तथा डोम समुदायले जाडो छल्न अधिकांश समय आगो तापेर वसिरहेका छन् । बाक्लो हुस्सुले भिजीविलीटी कम भएपछी पुर्वपश्चिम राजमार्ग सहित बजार र ग्रामिण क्षेत्रको भित्री सडकमा चल्ने सवारी साधन विहान र दिउसै पनि बत्ति बालेर गुडिरहेका छन् । ट्राफिक प्रहरीले पनि यस्तो मौसममा सावधानी अपनाएर सवारी साधन गुडाउन अनुरोध गरिरहेको छ । 
    जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खाने कुरा खान र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट