News Category 2080/10/03
चोरी भएको स्कारपियो भारतमा फेला
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
राजविराजबाट चोरी भएको स्कारपियो गाडी ८ दिनपछि मंगलबार भारतमा फेला परेको छ ।
राजविराज नगरपालिका वडा नं. ९ का निवर्तमान वडाअध्यक्ष शम्भु प्रसाद यादवको घर कम्पाउण्डबाटै चोरी भएको बा.१४च. २९३५ नं. को गाडी भारत बिहार राज्यको लौकही ग्रामपंचायतको एकहत्ता भन्ने गाउँबाट फेला परेको हो ।
सीमावर्ती भारतको बिहारस्थित एक गाउँबाट उक्त गाडी बरामद भएको गाडीधनी यादवले बताए । उनले आफ्नै पहलमा उक्त गाडी बरामद गर्न सफल भएको जनाएका छन् ।
आफू र प्रहरीले गाडीको खोजि कार्य जारि राखेको बेला गाडी चोरी गरि लैजाने व्यक्ति भने फरार रहेको उनको भनाई छ । चोरी गरि लगेको गाडीको नेपाली नं. प्लेट परिवर्तन गरि बी.आर.०१पी.के.२६४० नं.को भारतीय प्लेट राखेर एकहत्ता गाउँमा राखिएको भनी साथीभाईले खबर गरेपछि आफू त्यहा पुगेको उनले बताए ।
उक्त गाडी मंगलबार नै स्थानीयवासी र साथीभाईको सहयोगले घर ल्याई पु¥याइएको र सो बारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनले बताए ।
चोरले भारतीय बजारमा बिक्रि गर्ने उद्देश्यले नेपाली नं. प्लेट हटाएर नक्कली भारतीय नं. प्लेट टासेको हुन सक्ने उनले अनुमान व्यक्त गरेका छन् ।
प्रहरीले चोरीको गाडी फेला परिसकेको भनी गाडीधनीबाट जानकारी प्राप्त भएको र सो बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ