News Category 2080/10/03
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
दैनिक समाचारदाता
राजविराज, २, माघ ।
पूर्वउपप्रधानमन्त्री बिजय कुमार गच्छदारले आफूले ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि नलिएको दाबी गरेका छन् ।
धार्मिक कार्यक्रमका क्रममा मंगलबार सप्तरी सदरमुकाम राजविराज आइपुगेका उनले काँग्रेस पार्टी कार्यालयमा कार्यकर्ता तथा संचारकर्मीहरुसँगको भेटघाटका क्रममा यस्तो दाबी गरेका हुन् । उनले राज्यले आफूलाई षडयन्त्रपूर्वक फसाउन खोजेको गुनासो समेत गरे ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वउपप्रधानमन्त्री गच्छदारले भने, “तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा म भौतिक पूर्वाधार मन्त्रीको हैसियतले ललिता निवासको जग्गा बारे मन्त्री परिसद्मा प्रस्ताव लगेको थिए ।” उनले भने, “मन्त्री परिषद्को निर्णय एकल ब्यक्तिको नभईकन सरकारकै हो, तर मलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको हो ।”
झण्डै ५३ सालको सक्रिय राजनीति जिवनमा पटक–पटक गरि १४ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सफलतापूवर्क निर्वाह गरेको स्मरण सुनाउँदै नेता गच्छदारले हाल यो मुद्दा न्यायालयमा रहेकोले आफूले न्याय पाउने विश्वास समेत व्यक्त गरे ।
निर्वाचनमा पराजय भोग्नु र सक्रिय राजनीतिमा लागेर जनता सेवामा समर्पित हुनु बेग्ला बेग्लै पाटो रहेको जिकिर गर्दै आफू पराजय हुनुमा राजनीतिक उतार चढाव रहेको उनले बताए ।
नेपाली काँग्रेस पार्टीप्रति पनि नेता कार्यकर्ताको आ–आफ्नै असन्तुष्टि रहेकोले यो असन्तुष्टि कुनै नेता विशेषले मात्र नसच्याउन सक्ने बताउँदै उनले यसका लागि सिंगो पार्टी नै गम्भिर बन्नु पर्नेमा जोड दिए ।
यस्तै मुलुकमा अहिले ठूला दलहरुप्रति जनताको असन्तुष्टि बढ्दै गएको उनले उल्लेख गरे । उनले जनता राजनीतिक दलहरुसँग असन्तुष्ट रहेकोले ती राजनीतिक दलहरु सच्चिनु जरुरी रहेको बताए । यसअघि नेता गच्छदार जिल्लाको भारदहस्थित कंकालिनी मन्दिर, हनुमाननगरको हनुमान मन्दिर र छिन्नमस्ता शक्तिपीठमा पूजापाठ गरेका थिए ।
पार्टीका जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा आयोजित भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेश यादव, तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरी, जिल्ला सचिव सनत मण्डल, यूवा नेता इर्साद अन्सारी लगायत काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ