News Category 2080/10/03
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र एकल महिलालाई ब्ल्याङकेट वितरण
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
सामाजिक कार्यमा अत्यन्त सक्रिय धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीले चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र एकल महिलालाई ब्ल्यांकेट वितरण गरेको छ ।
जिल्लाको अग्निसाईर कृष्णासवरन गाउपालिका वडा नं २ नयाँ वस्ति चौफालका अपाङ, एकल महिला र वृद्धवृद्धाहरूलाई बुधबार ब्ल्यांकेट बितरण गरिएको संस्थाका अध्यक्ष समाजसेवी ई सूर्य नारायण यादवले जनाएका छन् ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय महुलीको प्रहरी सहायक निरीक्षक मनीष ठाकुर, मावि सीतापुरका प्रअ दुर्गानन्द चौधरी, नेपाल तामाङ घेदुंग सप्तरीका अध्यक्ष समाजसेवी सूर्यमान तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामांङ, मावि सीतापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुशेश्वर चौधरी, सो गाउँपालिका वडा नं. २ का आदिवासी जनजाति महासंघ अध्यक्ष समाजसेवी भवानी चौधरी लगायतको उपस्थिति रहेको थियो ।
विगत एक दशकदेखी संस्थाले जिल्लाका गरिब, दलित, असहाय, विपन्न, महिला लगायतलाई आफ्नो तर्फबाट सहयोग प्रदान गर्दै आइरहेको छ । समाजसेवी ई. यादवले आफ्नो पहलमा अग्निपीडित परिवारलाई समेत राहत बितरण गर्दै आइरहेका छन् । उनी पीडितहरुको घरमै गएर राहत बितरण गर्न निकै सक्रिय छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ