News Category 2080/10/04
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले ११ सुत्रीय माँग राख्दै बुझायो ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सप्तरीले ११ सुत्रीय माँगसहित बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रतिष्ठानका अध्यक्ष ध्रुब कुमार मण्डलले प्रजिअ किरण थापालाई बुझाएका माागसहित ज्ञापन पत्रमा सप्तरी जिल्लाको सेवाप्रदायक सरकारी कार्यालयहरुमा कामको प्रकृति अनुसार समय निर्धारण गर्ने गरी सार्वजनिक सूचना बोर्डको व्यवस्था गर्न समन्वय गर्न उल्लेख छ ।
त्यस्तै स्थानिय निकायसँग समन्वय र सहकार्यवाट नियमित बजार अनुगमनको साथै सम्पूर्ण पसलहरुमा मुल्यसूची र उपभोक्तालाई विल दिने गरी ब्यवस्था, जिल्लाका सरकारी कार्यालयहरुमा सर्वसाधारणप्रति हुने व्यवहारको लागि गुनासो सुनुवाई डेस्क जिल्ला प्रशासन कार्यालय सप्तरीको परिसरमा व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै सेवाप्रदायक सरकारी कार्यालयहरुमा अहिले पनि विचौलियातन्त्रको हालिमुहाली रहेकोले सोको नियन्त्रणको ठोस पहल गर्न र नियमित अनुगमनको साथै भ्रष्टाचार गर्ने गराउने माथी कार्वाही तथा कार्वाहीको सिफारिस गरी सार्वजनिक गर्न, जिल्ला भित्र रहेको सरकारी निवास, सरकारी सम्पत्ति, नेपाल सरकारको जग्गाको दुरुपयोग भईरहेकोले नियन्त्रण गर्न, जिल्लामा दण्डहिनता, अराजकता, अनुशासनहिनता, चोरी, हत्या, महिला हिंसाको नियमन, नियन्त्रण र नियमानुसार कार्वाही गर्न, खुल्ला सिमानाको कारण लागु औषध कारोबार बढेको साथै नेपाली वजारमा पनि गोप्य रुपमा लागु औषधको विक्रि वितरण भईरहेकोले नियमित अनुगमन, नियन्त्रण र कार्वाही गर्न माग समेत गरिएको छ ।
सो ज्ञापनपत्रमा जिल्लामा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको संचालित सम्पूर्ण योजनाहरुको नियमित अनुगमन र समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कार्वाहीको सिफारिस र कार्वाही गर्न, सरकारी विदाको दिन पनि भईरहेको सरकारी गाडीको दुरुपयोगको नियन्त्रण गर्न, जिल्लाको खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न शिक्षक दरबन्दी थप, शिक्षक व्यवस्थापन, सरुवा नीतिको समुचित व्यवस्था गर्न र स्वास्थ्य क्षेत्रको सम्पूर्ण समस्या समाधानको ठोस पहल गर्नुका साथै सप्तरीलाई कृषि र पर्यटन सम्भावित क्षेत्रको लागि सरकारले प्रारम्भिक अनुसन्धान गरी लगानी गर्न लगायतका माँगहरुको बारेमा तिनै तहको साथै सम्पूर्ण सम्बन्धीत सरोकारबालाहरुसँग समन्वय, सहकार्य गरी आवश्यक पहल गरी दिनुहुन सम्बन्धीत सबैमा बुझाएको ज्ञापन पत्र माँग गरिएको छ ।
ज्ञापन पत्र बुभ्mदै प्रजिअ थापाले कतिपयको कार्यान्वयन हुदै तथा अन्यका कार्यान्वयन गर्ने प्रतिवद्घता ब्यक्त गरे । सो अवसरमा खडक नगरपालिकाका वडा ६ का वडाध्यक्ष मो. कमाल उदीन, प्रतिष्ठानका सदस्यहरु सरस्वती चौधरी, निभा कुमारी चौधरी, कृष्णदेव यादव, देव नारायण प्रमाणी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष मण्डलद्वारा प्रजिअ थापालाई बुझाएको ज्ञापन पत्र प्रधानमन्त्रीतथामन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाण्डौं र गृह मन्त्रालय, सिंहदरबार काठमाण्डौंलाई बोधार्थ गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ