News Category 2080/10/04
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा दिए धर्ना
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
बिटोरी जग्गाको समस्या समाधानसहित विभिन्न सात बुँदे माग सम्बोधन नभएको भन्दै राजविराज नगरपालिकाका वडा सदस्यहरुले बिहीबारदेखी नगरपालिका कार्यालय परिसरमै धर्ना दिएका छन् ।
वडा सदस्यहरुले राजविराज नगरपालिकामा एक घण्टे धर्ना दिएका छन् । सात दिन अघि ७ बुंदे माग राख्दै कार्यवाहक नगर प्रमुख इसरत परवीनलाई ७ दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापन पत्र उपर खासै पहल नगरेको देखिएकाले बाध्य भई धर्ना कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक रामानन्द देवले बताए ।
राजविराज नगरपालिकाको मुख्य बजारमा वर्षौदेखि घर तथा खाली जग्गामा भएका हजारौ परिवार वसोवास गर्छन । वाउ–बाजेको पालादेखि रहेको आफ्नो जग्गाको लालपुर्जा नहुदा समस्या पर्दा विक्रि वितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नसकेको स्थितीमा पुग्दा उनीहरु चर्काे ब्याजदरमा ब्यक्ति सँग ऋण लिन बाध्य भएका छन् ।
बि.स. २०१६ साल मै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँ हजारौं परिवार वर्षौदेखि लालपुर्जा नपाएको नगरपालिकाबाट नक्शा पास तथा मालपोत कार्यालयबाट रोक्का प्रकृया समेत लामो समयदेखि रोकिएपछि मार्कामा परेका छन् ।
विगत ७ वर्ष देखि श्रेस्ता र कम्प्युटरमा कुनै रेर्कड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि नगरको मुख्य बजारका वासिन्दा बैंक तथा वित्तिय संस्थाबाट पाउनु पर्ने सेवा सुविधाबाट बन्चित भएका हुन् ।
पहिले पहिले बिटौरी रसिद कै आधारमा बैंकमा जग्गा धितो राखी कारोबार हुन्थ्यो, वडा सदस्य दिपक शर्माले भने –“विगत सात वर्ष देखि मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि बैंकले पनि ऋण दिन नमानेका कारण नगरका झण्डै ५ हजार भन्दा बढी परिवार कस्टकर जीवन विताउन बाध्य छन ।”
यता बिटोरी जग्गा हरेक चुनावमा उम्मेदवारको चुनावी एजेन्डा बन्ने गरेको छ । तर सो मुद्दा एजेन्डा र घोषणा पत्रमा मात्र सिमित रहने गरेको नगरवासीको गुनासो छ ।
संघर्ष समितिले नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउनु पर्ने, नगरसभाबाट पारित योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने, नगरको मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्नूृ पर्ने, छाडा पशु चौपाया नियन्त्रण तथा नगर प्रहरी भर्ना प्रक्रिया अविलम्ब शुरु गर्नु पर्ने लगायतका माग पनि अघि सारेको छ ।
नगरको वडा सदस्यहरुको बृहत भेलाबाट वडासदस्य देवको संयोजकत्वमा गठित संघर्ष समितिले माँग पुरा नभएसम्म दैनिक रुपमा धर्ना कार्यक्रम अघि बढाउने तथा संघर्षका थप कार्यक्रमहरु चरणबद्ध रुपमा संचालन हुने देवले बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ