News Category 2080/10/07
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
ऐन नियम मिचेर यहाँस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयले विभिन्न गतिविधी अघि बढाएको तथा व्यापक अनियमितता र भ्रष्टाचार गरेको भन्दै आइतबार जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेको छ ।
जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहले विश्वविद्यालयमा दलिय तानाशाही हावी भएको, विश्व विद्यालयको डिपिआरमा भ्रष्टाचार भएको, परिक्षा बोर्ड बिनै परिक्षा लिइएको तथा विश्व विद्यालयका सहकुलपतिलाई कुनै जानकारी नै नदिई सोमबार विश्व विद्यालयको शिलान्यासको कार्यक्रम राखेको भन्दै त्यसको बिरोधमा तालाबन्दी गरिएको बताए ।
आफूहरुले अघि सारेको माग पुरा नभएसम्म विश्व विद्यालय सम्बन्धी कुनै गतिविधी गर्न नदिने उनले चेतावनी समेत दिएका छन् ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ नै एक प्रेस विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षण गराएका छन् ।
उनले छुट्टै जारि गरेको प्रेस विज्ञप्तिमा शिक्षा मन्त्रीको हैसियतले आफू विश्व विद्यालयको सिनेटको अध्यक्ष हुँदा हुँदै पनि शिलान्यास बारे कुनै जानकारी नदिएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा उनले सोमबारको शिलान्यास कार्यक्रम गरे विवाद निम्त्याए सरह हुने भन्दै उक्त कार्य रोक्नका लागि विश्वविद्यालय व्यवस्थापनलाई जानकारी र निर्देशन समेत दिइसकिएको उल्लेख गरेका छन् ।
यता विश्व विद्यालयका रजिष्ट्रार भगवान ठाकुरले शिलान्यासको विषयलाई लिएर जसपा र जनमत पार्टी बीच विवाद उत्पन्न भएको बताउँदै विवाद बढ्न नदिन आफूले आवश्यक पहल थालेको बताएका छन् । उनले शिलान्यासका लागि प्रदेशका मुख्यमन्त्रीलाई नै निम्तो दिएको र सो कार्यक्रममा सबै दलका नेतालाई सहभागि हुन आमन्त्रण गर्ने तयारी गरिएको समेत जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ