News Category 2080/10/08
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
भगवान रामको जन्मथलो भारतको अयोध्यामा सोमबार हुन लागेको प्राण प्रतिष्ठा कार्यक्रमलाई उत्सवको रुपमा मनाउन सप्तरीका ८ वटा पालिकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसरी बिदा दिने पालिकाहरुमा राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, बोदेबरसाइन नगरपालिका छन् ।
यस्तै छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ती पालिकाहरुद्वारा जारि सूचनामा भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सोमबार सनातनी हिन्दु धर्मावलम्बीका लापिग विशेष दिन हुने भएकाले उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
सूचना मार्फत सो दिन सम्पूर्ण नगरवासी र गाउँवासीलाई साँझ मठ मन्दिर, सार्वजनिक स्थल तथा घर घरमा दिपोत्सव मनाउन समेत आग्रह गरिएको छ । यस्तै उक्त दिन माछा, मासु र मदिरा बिक्रिमा समेत रोक लगाइएको पालिकाहरुद्वारा जारि सूचनामा उल्लेख छ ।
यता भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर सदरमुकाम राजविराजमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ ।
विश्व हिन्दु परिसद्, हिन्दु सम्राट सेना, हनुमान आराधना मण्डल लगायतका संघ संस्थाको अगुवाईमा बजार क्षेत्रमा स्वागत द्वार तथा प्रत्येक घर, चौक र मन्दिरहरुमा भगवान रामको चित्र अंकित झण्डा झुण्ड्याइएको छ ।
यस्तै सप्तरी युथ नेपालको आयोजनामा सोमबार स्थानीय राजरंगशालामा भजन कार्यक्रम, दिप प्रज्वलन तथा साधुसन्तलाई भोजनको व्यवस्था मिलाइएको छ । यस पावन र ऐतिहासिक अवसरलाई माता सीताको माइतीबाट संसारलाई भगवान श्रीरामको पौराणिक बैवाहिक सम्बन्धको संदेश दिन पनि यो दिनलाई उत्सवको रुपमा मनाउन थालिएको नगरवासीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ