News Category 2080/10/08
मधेश प्रदेशका शिक्षा मन्त्री प्रहरीबाट कुटिए
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
प्रहरीको लाठी प्रहारबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादवको टाउँको फुटेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको बिरोध गर्न पुगेका मन्त्री यादवमाथी प्रहरीले लाठी प्रहार गरेको हो ।
शिक्षा मन्त्रीसमेतलाई वेवास्ता गरि राखिएको शिलान्यास कार्यक्रमको जनमत पार्टीले बिरोध गर्दै आएको छ । यसअघि ऐन नियम मिचेर मधेश प्रदेश कृषि विश्वविद्यालयले विभिन्न गतिविधी अघि बढाएको तथा व्यापक अनियमितता र भ्रष्टाचार गरेको भन्दै हिजो आइतबार जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
यस्तै मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ नै एक प्रेस विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षण गराएका थिए ।
उनले प्रेस विज्ञप्तिमा शिक्षा मन्त्रीको हैसियतले आफू विश्व विद्यालयको सिनेटको अध्यक्ष हुँदा हुँदै पनि शिलान्यास बारे कुनै जानकारी नदिएको उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ