News Category 2080/10/08

विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते

दैनिक समाचारदाता

विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते

दैनिक समाचारदाता
राजविराज, ८ माघ ।

    जसपा र जनमत पार्टीको विवादकाबीच सोमबार राजविराजमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास गरिएको छ ।
    जनमत पार्टीको बिरोधका कारण कडा सुरक्षा ब्यवस्थाबीच राजविराज नगरपालिका १३ विषहरीयामा जसपा अध्यक्ष उपेन्द्र यादवले एक समाहरोबीच भुमीपुजन गर्दै विश्व विद्यालय भवनको शिलान्यास गरेका हुन् । 
    भुमि पुजन कार्यमा मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री संजय कुमार यादव, संघिय साँसद नवल किशोर साह, राष्ट्रिय सभासदस्य मृगे्रंन्द्र कुमार सिह यादव, पुर्व मन्त्री रेणु यादव, प्रदेशका पूर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतका उपस्थिति थियो । 
    कार्यक्रममा प्रमुख अतिथीको आशनबाट छोटो मनतब्य राख्दै जसपा अध्यक्ष यादवले मधेश प्रदेशका लागी महत्वपुर्ण योजना मध्येको एक मधेश कृषि विश्वविद्यालय निर्माणको काम समय मै सम्पन्न हुनु पर्नेमा जोड दिदै यसमा सहयोग गर्न सबै संग आग्रह गरे ।  
    प्रदेश सरकारको गौरवको आयोजना मध्येको सर्वाधिक ठूलो मानिएको उक्त विश्वविद्यालय निर्माणका लागी मधेश प्रदेश सरकारले ३१ करोड संघिय सरकारले ३२ करोड गरी कृल ६३ करोड सहयोग गरेको तथा थप आवश्यक सहयोग प्रदेश सरकारले गर्ने कार्यक्रममा मुख्य मन्त्री सरोज कुमार यादवले बताए । 
    जनमत पार्टीले भने सो शिलान्यास समारोह बहिष्कार गरेका छन् । जनमत पार्टीबाट प्रतिनिधीत्व गर्दै प्रदेश सरकारमा शिक्षा एवं संस्कृति मन्त्रीको जिम्मेवारी सम्हालेका महेश प्रसाद  यादवले अघिल्लो दिन नै एक प्रेस विज्ञप्ती मार्फत उक्त शिलान्यास समारोह रोक्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएका थिए ।
    शिक्षा मन्त्रीको हैसियतले आफु विश्वविद्यालयको. सहकुलपति रहेको स्मरण गराउँदै उनले आफुलाई समेत कुनै जानकारी र सरसल्लाह विना गर्न शिलान्यास लागिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।
    निर्देशनको अवज्ञा गरे त्यसबाट उत्पन्न हुने असहज परिस्थितीको सम्पुर्ण जिम्मेवारी व्यवस्थापन पक्षले नै बोक्नु पर्ने भन्दै उनले प्रेस विज्ञप्ती मार्फत व्यवस्थापन पक्षलाई चेतावनी समेत दिएका थिए । 
    यस्तै विश्वविद्यालयमा अघिल्लो दिन तालबन्दी गर्नु अघि जनमत पार्टी सप्तरीका अध्यक्ष रामगमन साहले पनि विश्वविद्यालयका सहकुलपती मन्त्री यादव तथा यस क्षेत्रका प्रतिनिधी सभासदस्य डा.सिके राउतसँग कुनै सरसल्लाह नगरी एकपक्षीय रुपमा गर्न लागिएको शिलान्यास समारोह रोक्नु पर्ने सहितका ६ बुंदे माँग राखि रजिष्टार भगवान ठाकुरलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।     
    तालाबन्दी कै बीच सोमवार प्रस्तावित निर्माणस्थलमा शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो । राजविराज नगरपालिकाले विश्वविद्यालय निर्माणका लागि राजविराज नगरपालिकाको वडा १३ मा २६ विघा ८ कठा १८ धूर जग्गा दिने निर्णय गरेपछि आफनै जग्गामा विश्वविद्यालयको भवन निर्माण गर्ने प्रक्रिया अघि बढेको कार्यक्रममा उपकुलपति डा.बैद्यनाथ महतोले जानकारी दिए । शिलान्यास समारोहमा मधेश प्रदेशका पुर्व मुख्य मन्त्री लालबाबु राउतको समेत उपस्थिती रहेको थियो ।  
    शिलान्यासको क्रम चलिरहेको बखत जनमत पार्टीले विरोधस्वरुप शिलान्यास्थल नजिक जुलस सहित नाराबाजी गर्दा स्थिति तनावपूर्ण बनेको थियो । कडा सुरक्षाका बीच आयोजना गरिएको शिलान्यास स्थलमा नेपाल तथा सशस्त्र प्रहरी ठुलो संख्यामा तैनाथ थिए । विरोध जुलुशको एक समुहको नेतृत्व प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले गरेका थिए भने जनमत पार्टीका तर्फबाट निर्वाचित प्रदेश सभासदस्य सतिश कुमार सिहको नेतृत्वमा अर्काे समुह विरोध प्रर्दशनमा उत्रेका थिए ।
मधेश प्रदेशका शिक्षा मन्त्री प्रहरीबाट कुटिए
    प्रहरीको लाठी प्रहारबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादव घाईते भएका छन् । उनको टाउको फुटेको छ । 
    उनीसँगै मधेश प्रदेशका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंह, प्रदेशसभा सदस्यद्वय भाग्यश्री चौधरी, रंजु खंग, ऋषिकेश ठाकुर, अमरेन्द्र यादव, पप्पु यादव, उमेश राज, सचितानन्द यादब, प्रमोद ईसर, समिक्षा राणा लगायत एक दर्जन घाइते भएको जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहले जानकारी दिएका छन् । 
    जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको बिरोध गर्न पुगेका मन्त्री यादवमाथी प्रहरीले लाठी प्रहार गरेको हो । 
    शिक्षा मन्त्रीसमेतलाई वेवास्ता गरि राखिएको शिलान्यास कार्यक्रमको जनमत पार्टीले बिरोध गर्दै आएको छ । यसअघि ऐन नियम मिचेर मधेश प्रदेश कृषि विश्वविद्यालयले विभिन्न गतिविधी अघि बढाएको तथा व्यापक अनियमितता र भ्रष्टाचार गरेको भन्दै आइतबार जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

प्रतिकृया दिनुहोस