News Category 2080/10/09
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलवार सप्तरीमा दुई नवनिर्मित संरचनाको उदघाटन गरेका छन् ।
उनकै पहलमा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसर भित्र निर्माण गरिएको इन्जिनियरीङ्ग कलेज भवन र संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजद्वारा विष्णुपुर गाउँपालिका ६ मा निर्माण गरिएको मुक्तिद्वार (शवदाह गृह) को उनले उदघाटन गरेका हुन् ।
आप्mनो पुरानो निर्वाचन क्षेत्रमा उनले २०७६ सालमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत राजविराज नगरपालिका मार्फत ६ करोड रुपैया सहयोग उपलब्ध गराएपछि सुविधा सम्पन्न १५ कोठे कलेज भवन निर्माण सम्पन्न भएको कार्यक्रममा राजविराज नगरपालिकाकी कावा प्रमुख इसरत परवीनले जानकारी दिईन ।
कार्यक्रममा उनले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख राजीव कुमार मिश्रालाई नवनिर्मित भवनको साँचो समेत हस्तान्तरण गरिन ।
उक्त कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले इन्जि–नियरिङ शिक्षा अध्ययनका लागी यहाँ विद्यार्थीहरु बाहिर जानु पर्ने अवस्था अन्तका लागी आपृmुले आफनो कार्याकालमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटबाट कलेज भवन निर्माणमा सहयोग गरेको बताए ।
कार्यवाहक नगर प्रमुख परवीनको अध्यक्षमा आयोजित कार्यक्रममा जसपाका प्रवक्ता मनिष सुमन, प्रतिनिधी सभासदस्य रन्जु ठाकुर, प्रदेश सांसद किरण कुमारी साह, जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, पुर्व मन्त्री रेणु यादव, मधेश प्रदेशका पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले पनि सो अवसरमा शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ