News Category 2080/10/09
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता उमेश कुमार यादवले मंगलबारदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी यात्राको सुरुवात गरे ।
सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको सुरुवात गरेका हुन् ।
अभियानको सुरुवात गर्दै उनले दलिय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।
अभियानका क्रममा पार्टीको झण्डा नबोकी केबल नेपाल राष्ट्रिय झण्डा मात्र बोकेर नागरिकहरुको घर घरमा जाने उनले बताए ।
जिल्लाको बलानबिहुल गाउँपालिकास्थित चन्ही मल्हनियाँबाट अभियानको सुरुवात गरिएको उनले बताए । अभियानका क्रममा गाउँका बुद्धिजिवी, किसान तथा सर्वसाधारणहरुसँग सप्तरीको कृषि, सिंचाई, पर्यटन लगायतका समस्या बारे छलफल गर्ने उनको भनाई छ ।
‘‘अभियानका क्रममा सप्तरीको एउटा पालिकामा कम्तीमा एक हप्तासम्म बस्छु, त्यहीका स्थानीयसँग बसेर स्थानीयका समस्याहरुको पहिचान गर्छु”, पुर्वमन्त्री यादवले भने,‘‘ स्थानीय स्तरमा देखिएका समस्याहरुको बिषयमा गाउँका स्थानीयबबासी तथा स्थानीय सरकारका प्रमुह लगायतहरुसँग अन्र्तक्रिया गर्छु ।” स्थानीय तहबाटै समाधान हुने बिषयलाई स्थानीय तहबाटै र अिन्य निकायबाट समाधान हुने बिषयलाई सम्बन्धी निकायमा लैजाने छु, उनले भने ।
पहिलो चरणमा जिल्लाको १८ वटै पािलकामा अभियान लैजाने र त्यहाँबाट आएका सुझाब सल्लाह अनुसार दोश्रो चरणको कार्यक्रम निर्धारण गर्ने उनले बताए ।
यसअघि पुर्वमन्त्री यादवले गत शुक्रवार सप्तरी स्वाभिमान यात्राको सन्दर्भमा जिल्लाका बुद्धिजिवी, पेशाकर्मी, राजनीतिक दलका प्रतिनिधि लगतयका सरोकारबालासँग अन्र्तक्रिया गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ