News Category 2080/10/10
स्व. सिंहको स्मृति दिवस मनाइयो
दैनिक समाचारदाता
राजविराज १० माघ ।
मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्वकर्ता स्व. गजेन्द्र नारायण सिंहको योगदान बारे चर्चा गर्दै बुधबार उनलाई स्मरण गरिएको छ ।
स्व. सिंहको २२ औं स्मृति दिवसको अवसरमा स्मरण गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी राजविराजमा स्मृती दिवस मनाइएको हो ।
यस अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले श्रद्धाञ्जली सभा, बिचार गोष्ठी र सालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरेका छन् ।
लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा उद्योग बाणिज्य संघको सभाहलमा आयोजित गजेन्द्र नारायण सिंह एवं संघवादको औचित्य विषयक विचार गोष्ठीमा लोसपाका केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुर, पूर्व नगर प्रमुख शैलेश चौधरी, शम्भु प्रसाद यादव, राजविराज नगरपालिकाका पूर्व उपप्रमुख साधना झा, लोसपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, महिला नेतृ पुनम यादव, प्राध्यापक अमरकान्त झा, जसपा नेता विकास तिवारी लगायतले स्व. सिंहको मधेश आन्दोलनमा रहेको योगदान तथा उनले अघि सारेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए ।
यसअघि लोसपा नगर समितिद्वारा नगरमा सरसफाई, तथा गजेन्द्र चौकस्थित स्व. सिंहको शालिक तथा सप्तरी सेवा आश्रममा रहेको उनको समाधि स्थलमा माल्यार्पण गरिएको थियो ।
लोसपा नगर समितिका अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीको अगुवाईम उक्त कार्यक्रम सम्पन्न भएको सो पार्टीले जनाएको छ ।
यस्तै प्रदेशसभा सदस्य सतिश कुमार सिंहले तिलाठी कोइलाडी गाउँपालिकामा अवस्थित स्व. सिंहको सालिकमा माल्यार्पण गरि उनलाई स्मरण गरे ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रणेता समेत भनिने ंिसहको २०५८ साल माघ १० गते निधन भएको थियो । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका घर भएका सिंहको प्रत्येक वर्ष माघ १० गतेका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउने गरेका छन् ।
वि.स. १९९८ सालमा रामनवमीका दिन जन्मिनु भएका गजेन्द्र नारायण सिंह मधेशी अधिकारका लागी संगठित अभियान चलाउने क्रममा २०४७ सालमा सदभावना परिषद् हुदै नेपाल सदभावना पार्टीको गठन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ