News Category 2080/10/10
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
दैनिक समाचारदाता
राजविराज १० माघ ।
बिटौरी जग्गा वाहकलाई लालपूर्जा र फुकुवा प्रक्रिया अविलम्ब सुरु गर्नु पर्ने विभिन्न सात बुँदे मागसहित विगत सात दिनदेखी आन्दोलनरत राजविराज नगरपालिकाका वडा सदस्यहरुले दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
दोश्रो चरणको आन्दोलनमा बिटौरी जग्गा बाहकहरु सम्मिलित जुलुस र नगरपालिका कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको वडा सदस्य संघर्ष समितिका संयोजक रामानन्द देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
पहिलो चरणको आन्दोलन समाप्त भए लगत्तै वडा सदस्यहरुको बुधबारै बसेको बैठकले दोश्रो चरणको आन्दोलन अन्तरगत माघ १४ गते आइतबार जुलुस प्रदर्शन तथा सोमबारदेखी सात दिनसम्म नगरपालिका कार्यालयको परिसरमा दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको जनाइएको छ ।
साथै सोही विज्ञप्तिमा उक्त समय अवधीमा समेत माँग सम्बोधन नगरिएपछि थप संघर्र्षको कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइएको छ ।
यसअघि पहिलो चरणको आन्दोलनको अन्तिम दिन बुधबार आन्दोलनरत वडा सदस्यहरुप्रति मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहसहित नागरिक अगुवा र विभिन्न राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका छन् ।
ऐक्यवद्धता जनाउँदै वडा सदस्हरुले उठाएका जनहित र आफ्नो अधिकारका ७ बुँदे माग पुरा गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग माग पनि गरे ।
बिटौरी जग्गा बाहकहरुको समस्या समाधानका साथै नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउनु पर्ने, नगरबाट पारित योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने, नगर क्षेत्रमा सिसी क्यामरा जडान गर्नु पर्ने, छाडा पशुचौपाया नियन्त्रण गर्नु पर्ने, सुरक्षा तथा नगरका अन्य समस्या व्यवस्थापनका लागी नगर प्रहरी भर्ना गर्नु पर्ने लगायतका ७ बुंदे माँग राखी चरणबद्ध आन्दोलन थालिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ