News Category 2080/10/12
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
राजविराज उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित कार्य समितिको शुक्रवार शपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।
गत पुस १४ मा सम्पन्न निर्वाचनबाट अधिवक्ता हरेराम यादव नेतृत्वमा निर्वाचित पदाधिकारी तथा पार्षदहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता धिरेन्द्र प्रसाद यादवले पद तथा गोप्यनीयताको सपथ गराएका हुन् ।
राजविराज उच्च बारका अध्यक्ष भरत प्रसाद यादवको अध्यक्षतामा आयोजित पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलाशका बरिष्ठतम न्यायाधीश वामदेव ज्ञवाली सहितका न्यायधीशहरुले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरे ।
पदस्थापनपछि नव निर्वाचित अध्यक्ष हरेराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मनतव्य दिदै निर्वाचनमा प्रत्यासी उम्मेदवार रहेका बलराम प्रसाद सिंहले वारमा पुस्तकालय र कोषको स्थापना गर्नुपर्नेमा जोड दिए ।
उनले कोषको अभावमा आवश्यकता परेको बेला कुनै पनि कानुन व्यवसायीलाई सहयोग गर्न वारलाई कठिनाई भोग्नु परिरहेको समस्या औल्याउदै वर्तमान कार्यसमितिले यसको व्यवस्थापन गर्नुृपर्ने सुझाव दिए ।
यस्तै उच्च वारका पुर्व अध्यक्ष श्यामनारायण साह, हेमनारायण चौधरी, रामचन्द्र यादव, अधिवक्ता पुण्यप्रसाद यादवले नयाँ कार्य समितिले सधै देखि वार र बेन्चबीच रहि आएको सुमधुर सम्बन्ध अझ प्रगाढ बनाउँदै आम जनताले सहजरुपमा छिटो छरितो न्याय पाउने तर्फ सदैव अग्रहर रहनुपर्ने जिकिर गरे ।
जिल्ला बारका पुर्व अध्यक्ष कृपानारायण यादव, पुर्व उपाध्यक्ष मिना देव, नेपाल पत्रकार महासंघका सप्तरीका अध्यक्ष श्रवण कुमार देव सहितकाले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
गत पुष १४ मा सम्पन्न उच्च वारको निर्वाचनबाट अध्यक्षमा हरेराम यादव, उपाध्यक्षमा धर्मेन्द्र यादव, सचिवमा दानोकुमारी चौधरी, कोषाध्यक्षमा उमाशंकर देव, सदस्यहरुमा दिनेशकुमार सिंह, डा.शिवनारायण यादव, डा.संतोषकुमार चमन, रामचन्द्र मंडल, कौशलकिशोर दत्त, राजकुमार टरैत र नित्यदेव प्रसाद यादव निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ