News Category 2080/10/12
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै

दैनिक समाचारदाता
राजविराज १२ माघ ।
निर्माण व्यवसायी संघ सप्तरीको नयाँ कार्य समितिका लागि आज शनिबार निर्वाचन हुँदैछ । आज हुने निर्वाचनमा तीन समूहबीच प्रतिष्पर्धा हुनेछ ।
अध्यक्षमा दुई जनासहित कुल जम्मा ४० जना उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत रामअशिश प्रसाद साहले जानकारी दिएका छन् । अध्यक्ष पदमा सतिश चन्द्र मिश्र र संतोष कुमार दासको समूहको उम्मेदवारी परेको छ । यसैबीच तेश्रो समूहका अध्यक्ष पदका उम्मेदवार भोगेन्द्र मिश्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने उनी बाहेक अन्य पदको उम्मेदवारी यथावतै रहेको छ ।
उम्मेदवारी दिनेमा प्रथम उपाध्यक्षको पदमा भुपेन्द्र यादव, गोपि कृष्ण यादव र दिपक कुमार चौधरी छन् भने द्वितीय उपाध्यक्षमा राजीव कुमार साह र कैलाश प्रसाद देवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी महासचिवको पदमा दुई जना मात्र उम्मेदवारी दर्ता गराएका छन् । अहिले महासचिव रहेका अमृत लाल साहले उम्मेदवारी दिएका छन् भने उनको प्रतिस्पर्धामा घनश्याम साह रहेका छन् । सचिव पदमा न्युटन यादव, शिव नारायण यादव र प्रमोद कुमार मण्डलले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्ष पदमा पनि तीन जना मदन प्रसाद यादव, रमानन्द यादव र दिवाकर कुमार सिंहले उम्मेदवारी दिएका छन् । सिंह अहिले पनि कोषाध्यक्ष रहेका छन् ।
सह–कोषाध्यक्षका पदमा सुरेन्द्र कुमार मण्डल, उमेश प्रसाद यादव र दिपेन्द्र कुमार दासले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
‘ख’,‘ग’ र ‘घ’ गरी तीन स्तरका सदस्य निर्वाचित हुने प्रक्रिया रहेकोमा दुई पद रहेको ख वर्गका लागि जगदिश प्रसाद अर्याल र उदय श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
त्यस्तै दुर्ई पद रहेको ग वर्गको लागि अनवर दफाली, कुशेश्वर साह, प्रभावकर यादव र विश्वनाथ कुमार दासले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नौ पद रहेको घ वर्गमा १६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा निरज कुमार चौधरी, मो. मासुम अलि, संतोष कुमार सिंन्हा, उमाकान्त साह, रंजित चौधरी, विजय कुमार रजक, निलेश कुमार झा, कृष्ण चन्द्र यादव(पिन्टु), पुरुषोतम प्रसाद चौधरी, भुव नारायण यादव, सत्यनारायण चौधरी, विष्णु प्रसाद देव, रामचन्द्र यादव, मुकेश कुमार यादव, अमरेन्द्र यादव र पवन कुमार मगरदैता रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ