News Category 2080/10/14
कावा नगर प्रमुखले मागहरु जायज रहेको स्वीकार्दै समाधान गर्ने प्रतिबद्धता जनाएपछि बीचमै रोकिए बिरोध प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
विटौरी जग्गा समस्या समाधानसहित विभिन्न ७ बुंँदे माग अघि सार्दै वडा सदस्य संघर्ष समितिले आइतबार सुरु गरेको बिरोध प्रदर्शनबीच बाटोमै रोकिएको छ ।
संघर्ष समिति र बिटौरी जग्गधनी सम्मिलित संयुक्त रुपमा निकालिएको सो विरोध प्रर्दशन बजार क्षेत्र प्रवेश गर्न नपाउदै बीच बाटो मै राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले आग्रह गरेपछि रोकिएको हो ।
स्थानीय शिवमन्दीरमा भेला भई निस्केको जुलुस बजार क्षेत्रमा प्रवेश गर्नै लाग्दा पुगेको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख परवीनले वडासदस्य तथा नगरवासीको तर्फबाट उठाइएका मागँहरु जायज रहेको स्वीर्कार्दै छिट्टै समाधान गर्ने प्रतिबद्धता सहित विरोधका कार्यक्रम रोक्न आग्रह गरेकी थिइन ।
“कार्यवाहक नगर प्रमुख परवीनले भोली नै बार्तामा वसी समाधान खोज्ने प्रतिबद्धता जनाउनु भएको छ, वडासदस्य एवं संघर्ष समितिका संयोजक रामानन्द देवले भने, तत्काल विरोधका कार्यक्रम रोकिए पनि सोमबार उचित समाधान निस्कन नसकिए संघर्षका कार्यक्रमहरु पुनः अघि बढ्ने छ ।”
राजविराज क्षेत्रको बिटौरी जग्गाको समस्या समाधान सहित ७ बुंदे माग अघि सार्दै वडासदस्यहरु आन्दोलन समिती नै गठन गरी संर्घषका कार्यक्रमहरु गर्दै आएका छन् । दोश्रो चरणको उक्त आन्दोलनमा आईतवारदेखि नगरवासी समेत सहभागी भएका छन् ।
नगरका १६ वटै वडाका सदस्यहरुद्वारा गठित संघर्ष समिति तथा बिटौरी जग्गा बाहकहरुको संयुक्त अगुवाईमा प्रर्दशन गर्न लागिएको बेला कार्यवाहक नगर प्रमखको आग्रहमा तत्कालका लागी विरोध कार्यक्रम रोकिएको स्थानीयवासी संतोष साहले बताए । २०१६ साल मै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँवायाँ रहेका ५ हजार भन्दा बढी परिवार बर्षाै देखि लालपुर्जा नपाएको र नगरपालिकाबाट नाप नक्शा पास तथा मालपोत कार्यालयबाट विगत ७ वर्ष देखि रोक्का प्रकृया बन्द गरिएपछि मार्कामा परेका छन् । जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा वसोवास र विगतमा समस्या परेका वेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बंैक र वित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बन्चित भएका छन् ।
सप्तरी सदर मुकाम राजविराजका मुख्य बजार मेनरोड तथा आसपासका ६८ विघा जग्गा पछिल्लो ७ वर्ष देखि बिक्रि वितरण र बैंकमा राख्न रोक लगाइएको छ ।
यस्तै नगरको छाडा पशु चौपाया नियन्त्रण, सडक सुरक्षाका लागी सिसी क्यामरा जडान, नगर प्रहरीको भर्ना, ढल निकासको व्यवस्थान, स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भएबमोजिम वडा सदस्यहरुलाई अधिकार र जिम्मेवारी दिनु पर्ने लगायतका माग पनि संघर्ष समितिले अघि सारेको छ ।
यसअघि पहिलो चरणको संघर्षका कार्यक्रम अन्तरगत पालिकामा एक घण्टा धर्ना कार्यक्रम पश्चात् माग पुरा नभएपछि वडा सदस्यहरुले दोश्रो चरणको आन्दोलन आइतबारदेखी घोषणा गर्न बाध्य भएका थिए । सो कार्यक्रम अनुसार सोमबारदेखी दुई घण्टा पालिकामा धर्ना दिने रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ