News Category 2080/10/16
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
उच्च अदालत जनकपुर–राजविराज इजलासले न्याय क्षेत्र समन्वय समितिको सदस्यमा नागरिक समाजको तर्फबाट प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झालाई मनोनयन गरेको छ ।
राजविराज ७ निवासी ६५ वर्षिय झा सप्तरी पत्रकार महासंघका पूर्व सभापती समेत हुन् । निमित्त रजिष्टार फनिन्द्र भट्टराईका अनुसार मुख्य न्यायधिश बामदेव ज्ञावलीद्वारा मंगलवार झालाई उक्त पदमा मनोनयन गरिएको हो ।
अदालत र मातहतका न्यायिक निकायहरुको काम कारवाही सुव्यवस्थित ढंगले संचालन गराउन, न्यायपालिकाको रणनीति योजना, फैसला र आदेशको कार्यान्वयनलाई प्रभावकारीता दिन र नागरिक समाज समेतको सहभागिता र समन्वय गर्न उच्च अदालत नियमावली २०७३ को नियम १६६ बमोजिम झा लाई मनोनयन गरिएको अदालतले जनाएको छ ।
गोरखा दक्षिणबाहु चौथो, जनसेवाश्री पदक पाँचौं, प्रकाश मानव अधिकार स्मृति पुरस्कार २०७१ त्था गोपाल गोतामे स्वर्ण पदक जस्ता मानपदवीबाट सम्मानित झाको मनोनयनले प्रभावकारी न्याय सम्पादनमा थप मद्दत पूग्ने विश्वास गरिएको छ ।
दुई वर्षे कार्यकाल रहने समितिको अध्यक्षमा मुख्य न्ययाधिश तथा सदस्यहरुमा सम्बन्धित जिल्लाका प्रशासन प्रमुख, सरकारी वकिल कार्यालय प्रमुख, प्रहरी प्रमुख, बार एशोसिएसनका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधी रहने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ