News Category 2080/10/16
कर्मचारी सहिदको शालिकमा माल्यार्पण
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सहिद दिवसको अवसरमा मंगलबार कर्मचारी सहिद प्रभु नारायण यादवको शालिकमा माल्यार्पण गरि श्रद्धाञ्जली दिइएको छ ।
मंगलबार बिहान जिल्ला समन्वय समिती सप्तरीको कार्यालय परिसरमा स्थापना गरिएको उनको शालिकमा जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, पुर्व प्रमुख प्रभाकर यादव, छिन्नमस्त गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका पूर्वमेयर शम्भुप्रसाद यादव, कर्मचारीहरु, विभिन्न दलका नेता लगायतले माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउपालिका ८ स्थित तोपा बजारमा उनको स्मृती एवं सम्मानमा निर्माण गरिएको शालिकमा समेत माल्यार्पण गरिएको हो ।
वि.स.२०१७ सालमा तिलाठी कोइलाडी गाउँपालिका ८ बभनगामाकट्टीमा जन्मेका यादवलाई २०६४ साल कार्तिक १२ गते साँझ कार्यालयको काम सकेर मोटरसाईकल चढी घर फर्किर्द गर्दा राजविराज–हनुमाननगर सडक खण्ड अन्र्तगतको खाँडो पुल नजिकै अपराधिक समुहले गोली हानी हत्या गरेका थिए ।
उनी तत्कालिन जिल्ला विकास समिती सप्तरीको नायब सुब्बा पदमा कार्यरत थिए । स्थानीयतह कर्मचारी संघ सप्तरीको पहिलो जिल्ला अध्यक्ष समेत रहेका उनको हत्या पश्चात् कर्मचारीहरुको आन्दोलन तथा उक्त आन्दोलनमा पेशागत संगठन, राजनितीक दल र नागरिक समाजको समेत सहभागिता बढ्दै गएपछी २०६४ साल कार्तिक १७ गते बसेको मन्त्री परिषदको बैठकले स्व.यादवलाई कर्मचारी शहिद घोषणा गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ