News Category 2080/10/17
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी

दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष राम प्रसाद सुवेदीले आर्थिक क्षेत्रमा पहँुच नपुगे सम्म महिला सशक्तिकरण सम्भव नहुने बताएका छन् ।
बुधवार राजविराज ६ स्थित सामुदायिक महिला विकास केन्द्र (स्वडेक) को २९ औं स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
महिला पछाडी पर्नूमा अवसरबाट बञ्चित तथा महिला हिंसा नै प्रमुख कारक रहेको बताउँदै उनले हरेक क्षेत्रमा राज्यले महिलालाई अवसर प्रदान गर्नु पर्ने आवश्यक्ता औल्याए । महिला हिंसाको घटना मधेश प्रदेशमा सर्वाधिक हुने गरेको भन्दै चिन्ता ब्यक्त गरेका उनले यस्को न्यूनिकरणका लागी सबै सरोकारवाला मिलेर काम गर्नूृ पर्नेमा जोड समेत दिए ।
उनले विषेश गरी विपन्न समुदायका महिलाहरुलाई यस्ता गैरसरकारी संस्थाले सकेसम्म बढी अवसर दिएर काममा लगाउनु पर्नेमा जोड दिदै यसले संस्थाको उद्देश्य पुरा हुनुका साथै समाजमा महिलाहरुलाई अगाडी आउन समेत योगदान पुग्ने बताए ।
संस्थाको आफ्नै कार्यालय भवन निर्माणका लागी ५० लाख भन्दा बढी मुल्य बराबरको २ कठ्ठा ८ धूर जग्गा उपलब्ध गराएका संस्थापक अध्यक्ष इन्जिनीयर इन्द्र नारायण देव तथा वर्तमान अध्यक्ष उनको धर्मपत्नी मिरा देवको प्रसंसा गर्दै उनले अन्य गैरसरकारी संस्थाका लागी समेत यो सहयोग उदाहरण र अनुकरणिय हुने बताए ।
देव दम्पतीले दिएकै जग्गामा अहिले सो संस्थाको कार्यालय भवन निर्माण भई संचालनमा समेत आइसकेको छ । कार्यक्रममा शुभकामना दिदै गैसस महासंघका बरिष्ठ उपाध्यक्ष धु्रुव देवले गाडीको उपकरण र चालक कुशल भए दुर्घट्नाको जोखिम कम हुने तर्क प्रस्तुत गर्दै संचालक, व्यवस्थापक र कर्मचारी सबै कुशल भएकै कारण सामुदायीक महिला विकास केन्द्र सफलतापूर्वक गनतब्य तर्फ बढीरहेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवं सल्लाहकार इ.देवले २०५१ साल माघ १७ गते स्थापना भएको संस्थाले रोजगार सिर्जना, महिला सशक्तीकरण, गरिबी निवारण, पुर्वाधार विकास तथा वितिय लगायत क्षेत्रमा काम गर्दै आएको जानकारी गराउँदै भावी दिनमा थप कार्यक्रमहरु समेटेर अघि बढ्ने बताएका थिए ।
संस्थाका अध्यक्ष मिरा देवको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघ मधेश प्रदेशका कोषाध्यक्ष लक्षमण यादव, सगरमाथा अपांग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव मण्डल, गैसस सप्तरीका प्रतिनिधी पार्थो सरकार लगायतले पनि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ