News Category 2080/10/17
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
राजविराज जेसीजको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय राजविराजको सहकार्यमा “ट्राफिक जनचेतनामूलक कार्यक्रम“ बुधबार सम्पन्न भएको छ ।
राजविराज ट्राफिक प्रहरी कार्यालय अगाडी आवतजावत गरिरहेका सवारी साधनहरूलाई रोकी ट्राफिक सम्बन्धी जनचेतनामूलक सन्देश सहितको पम्प्लेट वितरण गर्नुका साथै सवारी साधनहरूमा सन्देशमूलक स्टिकर टास्ने कार्य गरिएको थियो ।
राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजविराज जेसीजका निवर्तमान अध्यक्ष उज्ज्वल काबरा, कोषाध्यक्ष सुनित मुन्ना र उपाध्यक्ष सौरभ सिंह, ट्राफिक प्रहरी कार्यालय, राजविराजका प्रहरी तथा राजविराज नगरपालिकाका सरसफाई इन्चार्ज राम कुमार यादव र फायरम्यान श्याम कुमार पण्डितले समेत कार्यक्रममा सहभागिता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ