News Category 2080/10/17
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
सप्तरीको कंचनरुप नगरपालिका कार्यालयमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले तालाबन्दी गरेका छन् । लामो समयदेखी आफूहरुले तलब नपाएको भन्दै उनीहरुले बुधबार कार्यालय खुल्ना साथ नाराबाजी गर्दै सो कार्यालयमा तालाबन्दी गरेका हुन् ।
अघिल्लो दिन मंगलवार तलब माग्दै नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरु विरोध प्रर्दशन र त्यस पश्चात धर्नामा वस्दा पनि कुनै सुनवाई नभएकाले बाध्य भई तालाबन्दीमा उत्रिनु परेको प्रधानाध्यापक तारानन्द मल्लिकले बताए ।
तालाबन्दीका कारण नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प भएको छ । उक्त नगरपालिका क्षेत्र भित्र रहेका ३३ वटा सामुदायीक विद्यालयका शिक्षक र कर्मचारीले विगत तीन महिनादेखी तलब पाउन सकेका छैनन ।
तलब नपाउँदा घर व्यवहार चलाउन समेत समस्या भएको भन्दै शिक्षक र कर्मचारी मिलेर नगरप्रमुख ललन प्रसाद गुप्ता र उपप्रमुख मुना पोखरेललाई पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि कुनै सुनवाइ नभएको उनीहरुको गुनासो छ ।
हाल नगर प्रमुख काम विषेशले एक साताका लागी बाहिर गएका छन् । निमित्त प्रमुख पोखरेलले भने आफुले चाहेर पनि तलब खुवाउन नसकिएको लाचारी ब्यक्त गरेकी छिन् ।
प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेले आफुलाई नगरप्रमुखबाट अख्तियारी प्रदान नगरीएकाले तलब खुवाउन समस्या भएको बताए । केही समय यता नगरप्रमुख गुप्ता र प्रमुख प्रशासकिय अधिकृत घिमिरे बीच चर्केको विवादका कारण आर्थिक कारोबार रोकिएको छ । दुबै बीचको विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी किरण थापाले समेत पहल गर्दा पनि समाधान निस्कन सकेको छैन । जस कारण नगरपालिकाबाट हुने विभिन्न गतिविधी समेत प्रभावित हुन थालेको भन्दै स्थानीयले अविलम्ब यसको समाधान खोजिनु पर्ने मागँ गरेका छन ।
उक्त शिक्षक तथा कर्मचारी आन्दोलनले नगरपालिका भित्र रहेका ३३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ७ सय ८१ जना विद्यार्थीको पढाई अवरुद्ध भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ