News Category 2080/10/17
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
सप्तरीको कंचनरुप नगरपालिका कार्यालयमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले तालाबन्दी गरेका छन् । लामो समयदेखी आफूहरुले तलब नपाएको भन्दै उनीहरुले बुधबार कार्यालय खुल्ना साथ नाराबाजी गर्दै सो कार्यालयमा तालाबन्दी गरेका हुन् ।
अघिल्लो दिन मंगलवार तलब माग्दै नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरु विरोध प्रर्दशन र त्यस पश्चात धर्नामा वस्दा पनि कुनै सुनवाई नभएकाले बाध्य भई तालाबन्दीमा उत्रिनु परेको प्रधानाध्यापक तारानन्द मल्लिकले बताए ।
तालाबन्दीका कारण नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प भएको छ । उक्त नगरपालिका क्षेत्र भित्र रहेका ३३ वटा सामुदायीक विद्यालयका शिक्षक र कर्मचारीले विगत तीन महिनादेखी तलब पाउन सकेका छैनन ।
तलब नपाउँदा घर व्यवहार चलाउन समेत समस्या भएको भन्दै शिक्षक र कर्मचारी मिलेर नगरप्रमुख ललन प्रसाद गुप्ता र उपप्रमुख मुना पोखरेललाई पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि कुनै सुनवाइ नभएको उनीहरुको गुनासो छ ।
हाल नगर प्रमुख काम विषेशले एक साताका लागी बाहिर गएका छन् । निमित्त प्रमुख पोखरेलले भने आफुले चाहेर पनि तलब खुवाउन नसकिएको लाचारी ब्यक्त गरेकी छिन् ।
प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेले आफुलाई नगरप्रमुखबाट अख्तियारी प्रदान नगरीएकाले तलब खुवाउन समस्या भएको बताए । केही समय यता नगरप्रमुख गुप्ता र प्रमुख प्रशासकिय अधिकृत घिमिरे बीच चर्केको विवादका कारण आर्थिक कारोबार रोकिएको छ । दुबै बीचको विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी किरण थापाले समेत पहल गर्दा पनि समाधान निस्कन सकेको छैन । जस कारण नगरपालिकाबाट हुने विभिन्न गतिविधी समेत प्रभावित हुन थालेको भन्दै स्थानीयले अविलम्ब यसको समाधान खोजिनु पर्ने मागँ गरेका छन ।
उक्त शिक्षक तथा कर्मचारी आन्दोलनले नगरपालिका भित्र रहेका ३३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ७ सय ८१ जना विद्यार्थीको पढाई अवरुद्ध भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ