News Category 2080/10/18
झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
मधेश प्रदेशका अर्थ तथा योजना समितिका सभापति एवं प्रदेशसभा सदस्य सतिश कुमार सिंहले जसपाले झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप लगाएका छन् ।
राजविराजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले ईन्जियरिङ कलेज, नर्सिङ र तीन सय बेडको अस्पताल बनाएको भ्रामक प्रचारवाजी गरेर जसपाले द्वन्द्व निम्तियाउन खोजेको आरोप लगाए ।
प्रदेशसभा सदस्य सिंहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रति लक्षित गर्दै टियु क्याम्पस राजविराजमा एउटा भवन बनाएर त्यसको उद्घाटन गरी राजविराजमा ईन्जियरिङ कलेजको उद्घाट्न गरेको मिडियामा हेर्दा आश्चर्य चकित भएको जनाए ।
‘यो ईन्जिनियरिङ कलेज कुन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको छ ?, के टियुको मातहतमा ईन्जिनियरिङ विंगस् छ ?’ प्रश्न गर्दै उनले भने, ‘यदि छ भने तपाईहरु पत्ता लगाई दिनुस्, कुन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका छ ?’
जसपाले कलेज खेलिदिएको तर जनमत पार्टीले सञ्चालनमा ल्याउन नसकेको राजनीतिक एजेण्डा सेट गर्न एउटा बिल्डिग उद्घाटन् गरेर ईन्जिनियरिङ कलेजको नामबाट प्रचारबाजी गरिरहेका स्पष्ट पारे ।
यस्तै गजेन्द्रनाराण सिंह अस्पताल अहिले पनि ५० बेडकै रहेको र त्यसमा पनि भवन बनाएर नर्सिङ कलेज बनाएको प्रचारबाजी गरेको बताए । ‘यो अस्पताल अहिले पनि ५० बेडकै छ र एक सय बेडको नभए सम्म नर्सिग कलेज संचालनका लागि अनुमति नै नपाउने कानुनी व्यवस्था छ ।’ उनले भने, ‘यो सबै स्टंटबाजी हो ।’
उपेन्द्र यादव आफै उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेको बेला किन यो अस्पताललाई स्तरबृद्धि गरेर तीनसय बेडको नबनाएको प्रश्न गर्दै आफूहरु भने त्यसको लागि चुनाव जितेको पहिलो दिन देखि नै प्रयासरत रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ