News Category 2080/10/18
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
जनमत पार्टीका नेता तथा मधेश प्रदेशसभा संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको आरोप लगाएका छन् ।
बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश सरकारले कार्यशैली नसुधारे सदन र सडक दुबैबाट सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
भ्रष्टाचार र अनियमिततामा प्रदेश सरकार डुबिरहेको हेरेर आफूहरु बस्न नसक्ने भन्दै उनले सुधार नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए । जसपाका मुख्यमन्त्री तथा अर्थ मन्त्रीले आफूहरुको मन्त्रालयमा हस्तक्षेप गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको तथा आफूले बिनियोजन गरेको बजेट अर्थमन्त्रीले ६० प्रतिशत कटौति गरी आफ्ना निर्वाचन क्षेत्रमा पठाएको उनले आरोप लगाए ।
पूर्व मन्त्री यादवले जसपा नेतृत्वको प्रदेश सरकार भ्रष्टाचारमा डुबेको आरोपका साथ मधेश कृषि विश्वविद्यालयमा समेत करोडौंको रकम हिनामिना भएको दावी गरे । ‘मधेश कृषि विश्व विद्यालयका भिसी र रजिष्ट्रार जेल जाने अवस्थामा थियो, मैले जोगाई दिएको हो’ यादवले भने ।
उनले जसपा नेतृत्वको अघिल्लो सरकारका पालामा छात्राका लागि लक्षित गरी ल्याईएको साईकल बितरणमा ठूलो घोटाला भएको र छोरी वीमा कार्यक्रमका पुराना १० हजार तथा नयाँ पाँच हजार फाईल अहिलेसम्म अलपत्र अवस्थामा राखिएको खुलासा गरे ।
पत्रकार सम्मेलनमा पूर्व शिक्षा तथा संस्कृती मन्त्री समेत रहेका नेता यादवले मधेश प्रदेश सरकार भ्रष्टाचार र कमिशनको लागि प्रोटोकलको समेत ख्याल नगरी मधेशका जनतालाई ठगिरहेको आरोप लगाए । उनले प्रदेश सरकारको बजेटबाट कुनै पनि विकासीय कार्य गर्न निकै गाहे रहेको उल्लेख गर्दै बजेटको केही प्रतिशत रकम बुझाएर मात्र बजेट निकासा हुने खुलासा समेत गरे ।
एक साता अघिसम्म प्रदेशको शिक्षा मन्त्री रहेका यादवलाई राजविराजमा आयोजित मधेश प्रदेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा बिरोध जनाउँदा प्रहरीले कुटेर घाईते बनाएको थियो । त्यस लगत्तै सरकारलाई दिएको समर्थन फिर्ताका साथै मन्त्री पदबाट राजीनामा गरेका यादवले बिहीबार गृहजिल्लाको सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरेका हुन् ।
आफू विभागीय मन्त्री रहँदा समेत जानकारी नै नदिई मुख्य मन्त्री सरोजकुमार यादवले गत संसदीय निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट पराजित जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाई राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास गराएको उनको कथन छ ।
आफू शिक्षा मन्त्री रहेको समयमा साक्षर मधेश प्रदेश घोषणा, गुणस्तरीय शिक्षा मापन स्केल, प्रादेशिक शिक्षा ऐन, शिक्षा विज्ञहरुसित त्रैमासिक स्कुलिङ, सामुदायिक विद्यालयको निरन्तर निरीक्षण जस्ता थुप्रै कार्यक्रम ल्याएको बताएका उनले भ्रष्टाचार तथा कमिशनको खेलमा लागेर मुख्यमन्त्रीले असहयोग गरेको टिप्पणी गरे ।
सोही पत्रकार सम्मेलनमा प्रदेश सभासदस्यद्वय सतिष कुमार सिह, मो. सकिल, जनमत पार्टी जिल्ला इन्चार्ज रामगमन साहलगायतको पनि उपस्थिती थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ