News Category 2080/10/19
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली कांग्रेस समाजमा परिवर्तन ल्याउन समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी रहेको बताएका छन् ।
समुदायमा कांग्रेस अभियान कार्यक्रम अन्तर्गत शुक्रबार राजविराजमा सम्बोधन गर्दै सिंहले समुदायमा गरेर जनताको समस्या बुझेर सम्बोधन गर्नका निम्ति मुलुकभरी यो अभियान संचालन गरेको बताए ।
नेपाली कांग्रेस प्रजातान्त्रिक र लोकतान्त्रिक मान्यता भएको पार्टी भएकोले काधमा आएको जिम्मेवारी पुरा गर्न कांग्रेस लागि परेको बताए । संविधानबाट प्राप्त अधिकार संस्थागत गर्न समेत यश अभियानबाट सहयोग पुग्ने सिंहको तर्क थियोे ।
नीति कानुन बनाउँने बेलामा कानुन बनाउन सरकारले काम गरिरहेकोले यो अभियानले कानुन बनाउन समेत सहयोग पुग्ने धारणा सिंहको रहेको थियो । पार्टीले एउटा रणनीति लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको थियो ।
कार्यक्रमका सहभागिहरुले विकासको योजना, बेरोजगारी समस्या अन्त्यको एजेन्डा काँग्रेसले ल्याउँनुपर्नेमा जोड दिए । कृषि समस्या अन्त्यको आवाज किसानसम्म पुग्न सकेको बताउदै उनीहरूले सप्तरीकोमा सिंचाइ दिन सक्यो भने हामी पर्याप्त अन्न उत्पादन गर्न सक्ने र मुलुकको अन्य ठाउँमा निर्यात गर्न सक्ने प्रतिबद्धता समेत सहभागीहरूले गरे ।
समुदायमा कांग्रेस अभियान कार्यक्रमको सातौं दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, विमला कार्की, विन्दु यादव, सरोज यादव, मोहन बस्नेतलगायत एक दर्जन केन्द्रीय र प्रदेशका नेपाहरूको उपस्थिति रहेको थियो ।
जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सनत मण्डलले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रामकुमार यादवले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ