News Category 2080/10/23
अशक्त जेष्ठ नागरिकलाई बैंकद्वारा घरैमा भुक्तानी
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाले शारीरिक रुपमा अशक्त तथा स्वास्थ्य समस्याका कारण बंैकसम्म पुग्न असर्मथ भएका जेष्ठ नागरिकलाई घरमै पुगेर भुक्तानीको व्यवस्था मिलाएको छ ।
अशक्त भइ बैंकसम्म पुग्न असर्मथ भएका आफ्ना ग्राहक विषेश गरी बृद्ध बृद्धालाई यस्तो व्यवस्था मिलाइएको शाखा प्रबन्धक कमलेश झाले जानकारी दिएका छन् ।
यस क्रममा बैंकले मंगलवार राजविराज ७ की ९२ वर्षीया चन्द्रा देवी झा, राजविराज १६ की ७५ वर्षिया माधुरी यादव, ९५ वर्षिया अमेरिका देवी झा, राजविराज २ का ८० शिवम दास लगायतको घरमै पुगेर आवश्यक प्रक्रिया पुरा गरी उनीहरुका आफन्तलाई रकम बुझाइएको छ ।
प्रबन्धक झाले हिडडुल गर्न असर्मथ भएका जेष्ठ नागरिकलाई घरमै पुगि आवश्यक प्रक्रिया पुरा गरी रकम भुक्तानीको व्यवस्था मिलाइएको बताए ।
बैंकमा पेनशन, ब्यक्तीगत खात, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न शिर्षकमा रहेको खाताबाट शारिरीक अशक्तताका कारण बैंक आउन असर्मथ रहने जेष्ठ नागरिक वा उनका आफन्तको अनुरोधमा यस्तो सुविधा प्रदान गर्न थालिएको प्रबन्धक झाको भनाई छ ।
खाताधारीबाट यस्तो अनुरोध भईआएमा बैंकको दैनिकी कामकाज प्रभावित नहुने गरी तथा कम चाप भएको बेला यसरी कर्मचारी परिचालनको व्ययस्था मिलाइएको उनको भनाई छ ।
अशक्तताका कारण समय मै आप्mनो खाताबाट रकम झिक्न बैंकसम्म पुग्न असर्मथ जेष्ठ नागरिकलाई बैंकले यस्तो सुविधा प्रदान गरी जेष्ठ नागरिकको सम्मान समेत गरेको जेष्ठ नागरिक संघ सप्तरीका सचिव बैधनाथ झाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ