News Category 2080/10/23
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयले गत माघ ७ गते विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन वार्ता र छलफलका लागि सम्बन्धीत सरोकारवालासँग आग्रह गरेको छ ।
विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुरद्वारा मंगलबार जारी अनुरोध पत्रमा सौहाद्रपुर्ण वातावरण सृजना तथा वार्ता र सम्वाद मार्फत समस्याको समाधानका लागी पहल गरिदिन सम्बन्धित सरोकारवालाहरुमा अनुरोध गरिएको छ ।
डा. ठाकुरद्वारा जारि अनुरोध पत्रमा लगाइएको तालाबन्दीका कारण पठन–पाठन प्रभावित बन्न पुगेको, फर्म रजिष्टे«शन, नयाँ भर्ना लगायतका कामका साथै विश्वविद्यालयको दैनिक कामकाज सबै ठप्प भएको उल्लेख गरिएको छ ।
वर्तमान अवस्थामा रहेको बेरोजगारी, खाद्य संकट तथा शिक्षा आर्जनका लागी विद्यार्थीहरु विदेशीने क्रम बढीरहेका वेला यसलाई रोक्न मधेश प्रदेश कै गौरवको आयोजनाको रुपमा रहेको विश्वविद्यालयमा लामो समयदेखि गरिएको तालाबन्दीले विद्यार्थीको भविष्यमाथी संकट उत्पन्न हुने भन्दै अनुरोध पत्र मार्फत सो आग्रह गरिएको छ ।
गत माघ ७ गते जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहको नेतृत्वको टोलीले विश्वविद्यालयमा दलिय तानाशाही हावी भएको, विश्व विद्यालयको डिपिआरमा भ्रष्टाचार भएको, परिक्षा बोर्ड बिनै परिक्षा लिइएको तथा विश्व विद्यालयका सहकुलपतिलाई कुनै जानकारी नै नदिई विश्व विद्यालयको शिलान्यासको कार्यक्रम राखेको भन्दै त्यसको बिरोधमा तालाबन्दी गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ