News Category 2080/10/24
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षण र उनीहरुलाई सक्षम बनाउन राज्यसँगै अभिभावकले पनि भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।
बौद्धिक अपाङताका अभिभावक महासंघ नेपालको आयोजना, लेभ द इन्क्लिुजन डेनमार्कको सहयोग तथा बौद्धिक अपाङताका अभिभावक संघ सप्तरीको समन्वयमा आयोजित दुई दिने नीति, निर्माण कार्यशालाको समापन पश्चात् बुधबार आयोजित कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बौद्धिक अपाङगताका अभिभावक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजु बस्नेतले अपाङगता भएका व्यक्तिलाई परिवार वा अन्य कुनै पनि व्यक्तिबाट अमानविय र अपमानजनक व्यवहार गर्न नहुनेमा जोड दिँदै यसका लागि अभिभावक र राज्य दुबै गम्भिर बन्नु पर्ने बताए ।
यदी समाजमा कतै यस्तो घटना भइरहेको छ भने खबरदारी गर्न र समुदायस्तरमा सचेतनासँगै सरोकारवाला निकायमा जानकारी गराउनु पर्ने उनको आग्रह थियो ।
बौद्धिक अपाङगताका अभिभावक संघ सप्तरीका अध्यक्ष जगदीश प्रसाद अर्यालले अपाङ भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान रुपमा आफ्नो परिवार वा आफूले छनौट गरेको वासस्थानमा बस्ने अधिकार भएको भन्दै त्यस्तो व्यक्तिलाई कुनै खास स्थानमा बस्नका लागि बाध्य पारिनु कानुनले निषेध गरेको भन्दै यसतर्फ सबै अभिभावक सजग रहनु पर्ने बताए ।
दुई दिनसम्म चलेको कार्यशालामा बौद्धिक अपाङगता भएका व्यक्तिका २५ जना अभिभावक सहभागि थिए । उनीहरुलाई महासंघका राष्ट्रिय अध्यक्ष बस्नेतले बौद्धिक अपाङगता भएका व्यक्तिको संरक्षण, सुरक्षा, राज्यमा पहँुच तथा व्यवस्थापन बारे आवश्यक तालिम प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ