News Category 2071/10/07
सप्तरीका सरकारी कार्यालयहरु समेत बन्द बन्दकर्ता सडकमै बसेर सामूहिक नास्ता खाए
दैनिक संवाददाता
राजविराज, ६ माघ ।
संयुक्त आन्दोलन परिचालन समितीले गरेको आमहडताका कारण मंगलबार सप्तरी लगायत सम्पूर्ण मधेशको जनजिवन पूर्ण रुपले प्रभावित भएको छ । यद्दपी बन्दका क्रममा कुनै अप्रिय घटना नभएको आन्दोलन परिचालन समितिका प्रचार प्रसार संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
एमाओवादी सहितको विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दको क्रममा बन्दकर्ताहरुले सप्तरीको राजविराजस्थित तिन दर्जन भन्दा बढी सरकारी कार्यालयहरु समेत बन्द गराएका थिए ।
यसैबिच बन्दकर्ताहरुले सरकारी कार्यालय संचालन भएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीको चार नम्बर कोठाको झ्यालको सिसा फोडेका छन् ।
यता बिहानैदेखी सप्तरी सदरमुकाम राजविराजमा बन्दकर्ताहरु बन्द सफल पार्न सडकमा ओर्लेका थिए । राजविराज बजारको विभिन्न स्थानको परिक्रममा गर्दै बन्दकर्ताहरुले नाराबाजी गर्दै विभिन्न कार्यालयहरु बन्द गराएका थिए ।
बहुमतीय प्रणालीबाट नभएर सहमतियबाट संविधान जारि गर्नुपर्ने माग गर्दै बन्दकर्ताहरु आ–आफ्नो पार्टीको झण्डा बोकेर जुलुस प्रदर्शन गरेका थिए ।
यसैगरि बन्दका कारण सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका सवाराीसाधनहरु चल्न सकेका थिएनन् भने सम्पूर्ण विद्यालयहरु बन्द रहेका थिए । यता नगर तथा जिल्लाको सम्पूर्ण पसलहरु बन्द रहेको थियो भने अति आवश्यक सवारीसाधनहरु मात्र चलेका थिए ।
यसैबिच बन्दकर्ताहरुले सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमै भुजा, च्युरा र चनाको सामुहिक रुपमा नास्ता गरेका थिए ।
बन्दका कारण मुलुकभरी कै जनजिवन कष्ट बनेको छ । तराईका जिल्ला बाहेक राजधानी काठमाडौं भने दिभरी नै तनावग्रस्त बनेको थियो । काठमाडौंमा केही सवारीसाधनहरुलाई बन्दकर्ताहरुले जलाएका छन भने एक दर्जनजतिलाई तोडफोड गरेका छन् ।
यता बन्दकर्ताहरुबाट संचारकर्मीहरुको गाडी तोडफोड भएको छ भने संचारकर्मीहरुको क्यामरा समेत फुटाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
- 2082/10/25 मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते
- 2082/10/25 पिएम कपमा सप्तरीको दोस्रो जित
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ