News Category 2080/10/29
नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
सप्तरीको चुरे क्षेत्रसँग जोडिएको विभिन्न नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन् भइरहेको स्थानीयले गुनासो गरेका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका स्थित चहका, सिसुवारी र बलान लगायतका खोलाबाट अवैध रुपमा बालुवा, गिटीको उत्खनन् भइरहेको स्थानीयले गुनासो गरेका हुन् ।
स्थानीयवासीका अनुसार अत्याधिक दोहनले खोलाका मुहान सुक्दै गएको छ भने वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।
सुरुङ्गा नगरपालिका भित्र पर्ने नदीहरूबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न चालु आव २०८०÷८१ का लागि संघर्ष निर्माण सेवा उदयपुरले १ करोड २५ लाख ९९ हजार ९ सय ९९ मा ठेक्का पाएको छ । नगरपालिका सँग ठेक्का लिँदा गरिएको सम्झौतामा बलान खोलाबाट प्रतिदिन १ हजार ६ सय, चहका खोलाबाट ५ हजार २ सय ६० तथा शिशुवारी खोलाबाट २ हजार ७ सय घनफिट मात्र नदी जन्य पदार्थको उत्खनन गर्न पाइने उल्लेख छ । तर ठेकेदारले ट्याक्टर र ट्रकमार्फत तोकेको भन्दा दोब्बर घनफिट बालुवा गिटी झिकेर लैजाने गरेको स्थानीयको भनाइ छ ।
यस्तै सम्झौतामा सूर्य उदयदेखि सूर्य अस्तसम्म मात्र बालुवा गिटी झिक्न पाइने र घाटगदी गरेपश्चात मात्र लिएर जानुपर्ने उल्लेख भएपनि सो प्रक्रिया पूरा नगरी रातिको समयमा समेत उत्खनन र ढुवानी हुने गरेको स्थानीयवासी शंकर चौधरीले बताए ।
आफूहरू यसबारे ठेकेदार, नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराए पनि कुनै सुनवाई नभएको उनले सुनाए । यसरी नै खोला दोहन भइरहने हो भने वर्षायाममा बस्ती डुवान तथा अन्य बेला पानीको हाहाकारको जोखिम बढ्दै जाने र खेतीपातीमा समेत समस्या हुन थालेको उनको भनाइ छ ।
केही वर्षअघिसम्म ढुङ्गा र बालुवाले भरिभराउ शिशुवारी, चहका र बलान खोलाको बगर अहिले रित्याइएको देखिन्छ । एकातिर मापदण्ड विपरीत उत्खनन अर्कोतिर खोला छेउमै बालुवा प्रशोधन केन्द्रको नाममा क्रसर उद्योग नै सञ्चालनमा ल्याएर ठेकेदार र व्यवसायीले चुरेको कमजोर धरातल उधिनेर कमजोर बनाउँदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्नु दुखद भएको पत्रकार महासंघ सप्तरीका सभापति श्रवण कुमार देवको भनाइ छ ।
यस विषयमा सुरुङ्गा नगरपालिकाका उपप्रमुख रुद्रबहादुर कार्कीसँग जिज्ञासा राख्दा उनले मापदण्ड विपरीत उत्खनन भइरहेको बारे अनभिज्ञता प्रकट गर्दै गुनासो आइसकेपछि नियन्त्रणमा अब कडाईका साथ लाग्ने जनाए । ठेकेदार र क्रसर व्यवसायीले स्थानीय सरकारको मिलोमतोमा अवैध उत्खनन गरिरहेको स्थानीयको आरोपलाई अस्वीकार गर्दै उनले त्यस्तो कुनै मिलोमतो नरहेको दाबीका साथ सोको अनुगमन गरी कडाईका साथ अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
स्थानीय सरकार र प्रहरीको आँखा छल्दै चुरेसँग जोडिएको खोलाहरूबाट मापदण्ड विपरीत जथाभावी ढुङ्गा, बोल्डर र गिटी उत्खनन र अत्याधिक दोहनले खोलाहरूको मुहान सुक्दै जानुको साथै प्राकृतिक सम्पदाको बिनासले वातावरण समेतमा नकारात्मक प्रभाव पर्ने भन्दै स्थानीयले अविलम्ब यसको नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ