News Category 2071/10/07
एमाले पार्टी कार्यालयमा आगजनी
दैनिक संवाददाता
राजविराज, ६ माघ ।
नेकपा एमाले जिल्ला कार्य समिति सप्तरीको पार्टी कार्यालयमा मंगलबार आगलागि भएको छ ।
अज्ञात समूहले राजविराज ५ स्थित मदननगरमा रहेको पार्टी कार्यालयमा आगलागि गर्दा त्यहा रहेको सम्पूर्ण कागजात तथा फर्निचरहरु जलेर नष्ट भएको छ । पार्टी कार्यालयका तीन वटा कोठामा रहेको फर्निचर र कागजातहरु जलेको छ ।
कार्यालयमा आगो लागेपछि प्रहरीले स्थानियहरुको सहयोगमा पानी हाली आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । आगो नियन्त्रणमा लिने प्रयास गर्दा गर्दै कागजात तथा फर्निचर जलेको हो ।
यता पार्टीका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले यस्ता अपराधिक क्रियाकलाप गर्नेहरुले मुठभेड निम्त्याउन खोजेको आरोप समेत लगाउनुभयो ।
यस्तै नेकपा एमालेका भातृ संगठन युवा संघ नेपालका केन्द्रिय सदस्य निरन्जन झाको नेतृत्वमा गएको टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई आगजनी प्रति जानकारी गराएको छ ।
यसैबीच संयुक्त आन्दोलन परिचालन समिति सप्तरीका प्रचार प्रसार संयोजक गजेन्द्र कुमार मण्डलले यस आगजनीप्रति आफ्नो गठबन्धनको कुनै भूमिका नरहको जानकारी दिँदै आन्दोलनलाई मत्थर बनाउन अन्य समूहले आगजनी गरेको दाबी गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ