News Category 2080/11/01
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
नवीनकुमार गुप्ता
राजविराज, १ फागुन ।
राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय बिरुद्धमा उच्च अदालत राजविराज जनकपुर इजलाशमा रिट परेको छ ।
अधिकृत गुरुङले मंगलबारै उक्त गैरकानुनी निर्णय बदरका लागि उत्प्रेसन आदेश गरि पाउ भन्दै अदालतमा रिट दर्ता गरेका हुन् । रिट दर्ता भएसँगै फागुन २ गते बुधबारका दिन पेशी तोकिएको अधिकृत गुरुङले जानकारी दिएका छन् ।
कार्यवाहक नगर प्रमुख इसरत परविनको अध्यक्षतामा माघ १९ गते बसेको कार्यपालिका सदस्यहरुको बैठकले सो निर्णय गरेको पत्र मंगलबार सार्वजनिक भएको हो ।
सार्वजनिक भएको पत्रमा कार्यबाहक प्रमुख परविनले माघ २२ गते हस्ताक्षर गरेको र मंगलबार फागुन १ गते आइटी शाखाले उक्त पत्र प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई बुझाएको राजविराज नगरपालिका श्रोतले जनाएको छ ।
सार्वजनिक भएको पत्रमा “कावा प्रमुखको अध्यक्षतमा कार्यपालिकाको सदस्यहरुको मिति २०८०÷१०÷१९ गते बसेको बैठकको निर्णय बमोजिम तपाईलाई फिर्ता पठाउने निर्णय भएको हुँदा मिति २०८०÷११÷०१ देखी लागु हुने गरि यस कार्यालयबाट तपाईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाएको व्यहोरा अनुरोध छ ।” उल्लेख गरिएको छ ।
पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सप्तरी र कर्मचारी प्रशासन शाखा राजविराज नगरपालिकालाई बोदार्थ समेत गरिएको छ ।
सो पत्र बारे प्रमुख प्रशासकीय अधिकृत गुरुङले कुनै पनि पालिकाको निर्णयले संघीय कर्मचारीलाई सरुवा गर्ने अधिकार नरहेको बताउँदै यस्तो निर्णय हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् । “मलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न पठाएको हो, मन्त्रालयको पत्र आएको भए म सरुवा भएर आफै जान्थे, तर जनप्रतिनिधिले निर्णय गरेकै भरमा म फिर्ता जादिन् ।” उनले भने, “म यस बिरुद्ध न्यायका लागि अदालतसम्म जाने छु ।”
अधिकृत गुरुङले नगरपालिकामा कार्यरत चार जना कर्मचारीलाई कार्यपालिकाको बहुमतले हटाउने निर्णय गरेपछि कार्यवाहक नगर प्रमुख परविनले ती कर्मचारीलाई नहटाउने पक्षमा रहेकोमा सोहीको चेपुवामा आफू परेको अधिकृत गुरुङले जनाए ।
कार्यवाहक नगर प्रमुख परविन नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजिमा एक सातादेखी काठमाडौंमै रहेकी छिन् । उनी काठमाडौं जानु अघि नै बैठक बसी प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई फिर्ता पठाउने निर्णय गरि गोप्य रुपमा पत्र आइटी शाखालाई दिएको श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ