News Category 2080/11/02
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा गाईको बाच्छो मारि खाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुनमानगर कंकालिनी नगरपालिका वडा नं. १३ वस्ने २५ वर्षिय मो. समसाद, ३५ वर्षिय कैजुन मंसुरी र ४० वर्षिय जमुल मन्सुरी छन् ।
स्थानीयले बाच्छो काट्न प्रयोग गरिएको घरेलु हतियारसहित तीनै जनालाई पक्राउ गरि बुधबार इलाका प्रहरी कार्यालय हनुमाननगरमा बुझाएका थिए ।
वडा अध्यक्ष अजय यादवका अनुसार चार दिन अघि स्थानीयवासी तेज नारायण यादव सिपलियाको गाईको बाच्छो चोरी भएको थियो । सो बारे पत्ता लगाउने क्रममा ती तिनै जनाले चोरी गरी लगेको र मारेर खाएको खुल्न आएपछि बाच्छो काटेर मार्ने क्रममा प्रयोग गरिएका घरेलु हतियार समेत नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो ।
वडा अध्यक्ष यादवले उनीहरु यस अघि पनि गाउँघरमा पशु चौपाया चोरी गरी मार्ने, काटेर खाने तथा वेच विखन गर्ने कार्यमा संलग्न रहदै आएको बताए । सोही शंकाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइ केरकार गर्दा सिपलीयाको गाईको बाच्छो चोरी गरी लगेर मारेर खाएको स्वीकार गरेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा रहेका तिनै जनामाथी अनुसन्धान सूरु गरिएको र अनुसन्धान सकिएपछि कानुन बमोजिम कारवाही प्रकृया अघि बढाइने जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ