News Category 2080/11/03
रुंगटा परिवारको प्रश्न ः चार पुस्तादेखि बस्दै आएका रुंगटा परिवारका सदस्यहरु कसरी गैर नागरिक भए ?
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
राजविराज नगरपालिका २ निवासी राजेन्द्र कुमार रुंगटाले आफ्नो पैतृक जग्गालाई व्यवस्थित गर्दे व्यापारिक क्षेत्रको रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको बताएका छन् ।
राजविराज शहरलाई नव उर्जा दिन ग्रण्ड नेपाल रियल स्टेट प्रालीसँग कानुनी समझौता गरी नयाँ बजारको अवधारण अनुसार अगाडी बढेको उनले बताए ।
बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै रुंगटाले विभिन्न कित्तामा रहेको जग्गालाई एकिकृत गराईएको प्रति भ्रम सृजना गरिएको जनाएको छ ।
राजविराज नगरपालिका २ स्थित रहेको उनको जग्गालाई किसिम परिवर्तन गराई प्लटिङ्ग गरेर बेच्न लागेको समाचार मिडियामा आएको थियो । सो प्रति ध्यानाकर्षण गराउँदै उद्योगी स्व. गोविन्दराम रुंगटाका छोरा राजेन्द्र रुंगटाले विज्ञप्ति जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
‘कानुनी प्रक्रिया अनुसार विभिन्न कित्तामा रहेको जग्गालाई एकिकृत गराईएको सन्दर्भमा विभिन्न प्रकारका भ्रम सृजना गरिदैछन् । यसतर्फ सप्तरीवासीको ध्यानाकर्षका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
राणाशासनकाल देखि हनुमाननगर हुँदै विक्रम सम्बत १९९८ सालमा ६० विघा क्षेत्रफल भित्र जग्गा दिएर राजविराजमा रुंगटा परिवारलाई बसाईएको प्रसंग उल्लेख गर्दे रुंगटाले आफ्नो बुवा तत्कालिन समयका स्थापित उद्योगी स्व.गोविन्दराम रुंगटा चर्चित समाजसेवी समेत भएको विज्ञप्ती मार्फत स्मरण गराएका छन् ।
राजविराज स्थित पविमावि, केअमाविको संस्थापक मध्येका एक र जिल्ला व्यापार संघको संस्थापक अध्यक्ष समेत रहेको रुंगटा परिवारलाई पछिल्लो समय परिस्थितिबस राजविराज हुमाननगर भन्दा भौतिक रुपमा थोरै टाढा बस्नुपर्ने अवस्था आएको जनाउँदै ‘जिवनमा यस्ता कठिन समयहरु पनि आउँछन् जतिबेला हामी भावनात्मक रुपमा कठोर बनेर पनि केही निर्णयहरु लिनुपर्ने हुन्छ । तर के हामी भौतिक रुपमा थोरै टाढिदैमा गैर नागरिक भयौं त ?’ रुंगटाले प्रश्न गरेका छन् ।
पछिल्लो चार पुस्तादेखि त्यही समाजसंगै बस्दै आएका रुंगटा परिवारका सदस्यहरु कसरी गैर नागरिक भएको बारे विज्ञप्तीमा सबाल समेत उनले उठाएका छन् । केही दिन यता रुंगटा परिवारजन दुई देशको नागरिक रहेको समाचार पनि मिडियामा सार्वजनिक भएको थियो । सो प्रति लक्षित गर्दै उनले ‘२०३० सालको दशक देखि नेपाली नागरिकको रुपमा हनुमाननगर तथा राजविराज बस्दै आएको रुंगटा परिवार रहरले सप्तरीबाट टाढिएको होईन् । यस तथ्यबाट हाम्रो समाजका अगुवाहरु अनभिज्ञ हुनुहुन्न’ विज्ञप्ती मार्फत जनाईएको छ ।
रुंगटा परिवारको घर जग्गा लगायतका सम्पतीहरु यही रहेको उल्लेख गर्दै उनले नागरिकता, विभिन्न प्रकारका साना तिना प्रक्रियागत त्रुटिहरुको आधारमा रुंगटा परिवारलाई नाकारात्मक चर्चाको पात्र बनाइएको प्रति विज्ञप्ती मार्फत असंतुष्टि पोखेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/03/17 काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
- 2081/03/17 प्रेस युनियनद्वारा महासंघमा धर्ना
- 2081/03/17 पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
- 2081/03/15 युवाहरुले सडकमै धान रोपे
- 2081/03/15 मन्सापुरमा धान दिवस मनाइयो
- 2081/03/15 प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी
- 2081/03/14 ६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
- 2081/03/13 जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
- 2081/03/13 सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
- 2081/03/12 खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ