News Category 2080/11/06
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा २ लौनियाका अग्निपीडित परिवारलाई गाउँपालिकाले राहत बितरण गरेको छ ।
शुक्रबार रातिभएको आगलागीमा चार परिवारको घर जल्दा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो । स्थानीय हरिकृष्ण मण्डल, विजय मण्डल, रामरतन मण्डल र भरत साफीको घर जल्दाकरिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको गाउँपालिकाले जनाएको छ ।
अग्नीपीडित चारै परिवारलाई शनिबार तिलाठी कोईलाडी गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ ।
छोरीको विहेको तयारीमा लागेका विजयको ४ तोला सुन, आधा किलो चाँदी, करिब ३० हजार नगद, २ सय किलो चामल, करिब १४ सय किलो धान जलेको थियो । यसैगरी कुशुमलाल मण्डलबाट फिर्ता पाएको सापटी रकम डेढ लाख रुपैयाँ जलेको रामरतन मण्डलले बताए ।
प्रति परिवार २५ किलो चामल, ५ किलो मुरही, खाने तेल २ लिटर, नुन २ किलो, एक थानकम्बल, एक थानत्रिपाल, साडी एक थान, लुंगी एक थान, झुल एक थान, बेडसिट एक थान, आधाकिलो भुजिया, बाल्टिन एक थान र मग एक थान प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. २ लौनियाँका वडा अध्यक्ष कमलकुमार मण्डल, योजना शाखा प्रमुख दिपककुमार मण्डलसहितकाले राहत सामग्री हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ