News Category 2080/11/11
सबै प्रक्रिया पुरा गरे पनि नगरपालिकाले म माथि अन्याय गर्दैछ ः लोसपा नेता ठाकुर

दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय उपाध्यक्ष जयप्रकाश ठाकुरले सबै प्रक्रिया पुरा गरे पनि राजविराज नगरपालिकाले आफ्नो हकभोग र स्वामित्वको जग्गामा जबरजस्ती विभिन्न वाधा अवरोध खडा गरि नियतबस दुःख दिइरहेको गुनासो गरेका छन् ।
प्रक्रियागत तथा नियमपूर्वक बनाउन लागेको संरचना निर्माण कार्यलाई राजबिराज नगरपालिकाले क्षति पु¥याउन थालेकाउनको भनाई छ ।
राजविराज निवासी नेता ठाकुरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेका हुन् । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले संरचना निर्माणमा अवरोधको प्रयासका साथै आफू र आफ्नो परिवारका बारेमा सामाजिक सञ्जालमा समेत भ्रम फैलाउने र प्रचारबाजी गरी चरित्र हत्यासम्मको प्रयास पनि गरेको भन्दै उनले पत्रकार सम्मेलनमा आपत्ति समेत जनाएका छन् ।
राजविराज नगरपालिका साविक वडा नम्बर ३ हाल वडा ४ मा पत्नि संगीताको नाममा रहेको १५ कठ्ठा ९ धुर जग्गामा नयाँ संरचना बनाउन खोज्दा नगरपालिकाले अनावश्यक हस्तक्षेप गरी दुःख दिन थालेको बताए । उक्त जग्गाको नियमित रुपमा सालबसाली मालपोत बुझाउँदै आएका रसिद तथा अन्य प्रमाणहरू पत्रकार सम्मेलनमा पेश गरेका ठाकुरले नयाँ संरचना निर्माणका लागि आवश्यक पर्ने नक्सा पासका लागि नगरपालिकामा लाग्ने दस्तुर २ लाख ११ हजार ४ सय ५७ रुपैया २०७८ साल भदौ २१ गते नै बुझाइसक्दा पनि दःुख दिने नियतले हालसम्म नक्सा पास नगरी आर्थिक क्षति पु¥याउन खोजेको बताएका छन् ।
नगरपालिकाले शुल्क बुझेको २५ महिनाभन्दा बढी भो, तर हालसम्म विभिन्न बहानामा नक्सा पास गरिदिएको छैन, उनले भने–उल्टै काम रोक्नु भन्दै चेतावनी सहितको पत्र काटेर हाम्रो परिवारलाई मानसिक यातना र आर्थिक क्षति पु¥याउने काम नगरपालिकाले गरिरहेको छ ।
भवन निर्माणका लागि निवेदन पेश गरेको सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुरा गरी अनुमति दिनुपर्ने व्यवस्था भएपनि २५ महिना बित्दा समेत अनुमति नदिनु र त्यसको जायज कारण पनि नखोल्नु नियम कानुनको धज्जी उडाए जस्तै भएको ठाकुरको भनाइ छ ।
उनले यस अघि २०७३ सालमा उक्त जग्गा संरक्षणका लागि चारैतिरबाट पर्खाल निर्माण गर्ने क्रममा नगरपालिकाले रोक्का गरी अमिन रामनारायण ठाकुरलाई खटाएको र उनले अरु कसैको कुनै जग्गा नमिचेको भनी प्रतिवेदन बुझाउँदा पर्खाल निर्माण कार्य सम्पन्न भएको जानकारी गराउँदै हाल सोही पर्खालको घेराभित्र नयाँ संरचना बनाउन खोज्दा कहिले पत्र काटेर, त कहिले प्रहरी पठाएर रोकाउँछु भन्दै धम्की दिनु अचम्मको कुरा भएको बताए ।
२५ महिना अघि नै नक्सा पास प्रयोजनका लागि रसिद नं. ७१ बाट २ लाख ११ हजार ४ सय ५७ रुपैयाँ तथा धरौटी बापत रसिद नं. ४ बाट १ लाख ४ हजार ४ सय ४९ रुँपैया बुझिसकेको नगरपालिकाले हालसम्म अनुमति नदिनु तथा उल्टै चेतावनी सहितको पत्र काटेर मानसिक यातना तथा परियोजनामा क्षति पु¥याएको भन्दै उनले आपत्ति सहित नगरपालिकामा पेश गरेको लिखित जवाफमा उल्लेख समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित रहेका राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादव र लोसपा सप्तरीका अध्यक्ष सुनिल कुमार झाले समेत ठाकुरद्वारा आफ्नो निजी जग्गामा नियमपूर्वक संरचना निर्माण कार्य थालिएको भन्दै नगरपालिकाले त्यसमा हस्तक्षेप गर्नुको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका छन् ।
यता सोबारे नगरपालिकाका कार्यवाहक नगरप्रमुख परविनसँग जिज्ञासा राख्न खोज्दा उनको मोबाइल स्विच अफ भएका कारण सम्पर्क हुन सकेन ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङसँग सम्पर्क गर्दा उनले आफू जिम्मेवारी सम्हालेको ६ महिना मात्र भएको बताउँदै ठाकुरले त्यसअघि नै नक्सा पास बापतको शुल्क बुझाइसकेपछि ३५ दिन भित्र स्थलगत निरीक्षण गरी नक्सा पास स्वीकृत वा अस्वीकृतको काम गरिसक्नुपर्ने प्रावधान रहेको बताए । यदि सो प्रक्रिया गरेको भए ठाकुरले संरचना निर्माणको काम सुरु गर्न पाउने÷नपाउने विषय त्यतिबेलै टुङ्गो लागि सक्ने थियो, उनले भने–यदि ठाकुरले अनाधिकृत रुपमा पर्खाल निर्माण गर्न खोजेको थियो भने किन त्यतिबेला रोकिएन । उनले नक्सा पास शुल्क वापत ठाकुरले बुझाएको रकम किन फिर्ता गरिएन भन्ने विषय बारे आफूले बुझ्न नसकेको उनको प्रतिक्रिया समेत दिएका छन् ।
पछिल्लो पटक वडा कार्यालयको सिफारिस तथा कार्यवाहक प्रमुखको आदेशमा ठाकुरद्वारा भइरहेको संरचना निर्माण कार्यको काम रोकिएको र यसबारे आफूले अध्ययन गरी मात्र थप कुरा बताउन सकिने उनले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ