News Category 2080/11/14
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय बन्द गरि गाउँपालिकामा धर्नामा
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
एक वर्षदेखी तलब नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरुले सोमबार पालिकाका सबै विद्यालय बन्द गरि गाउँपालिका कार्यालय अगाडी धर्नामा बसेका छन् ।
शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समितिको अगुवाईमा विद्यालय बन्द गरि धर्ना कार्यक्रमको आयोजना गरिएको हो ।
संघर्ष समितिको अगुवाइमा पालिका अगाडी धर्ना कार्यक्रम सुरु भएसँगै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प भएको छ ।
संघर्ष समितिका पदाधिकारी रुपकान्त मिश्रले आफूहरुको माग पुरा नभएसम्म पठनपाठन अवरुद्ध राख्ने बताए । उनका अनुसार पालिकाभित्र रहेका ५ मावि र १३ आधारभूत विद्यालयका करिब १ सय ७५ जना शिक्षक र विद्यालयका कर्मचारीले विगत एक वर्ष भन्दा बढी समयदेखीको तलब पाउन सकेका छैनन् ।
अर्का शिक्षिका रामपरि देवी यादवले विगत एक वर्षदेखी आश्वासन मात्र पाइने गरेकाले बाध्य भई विद्यालय बन्द गरि धर्नामा बसेको बताउँदै कोही शिक्षक १७ महिनादेखी त कोही शिशक्षक १२ महिनादेखी तलब पाउन नसकेको जानकारी समेत दिइन् ।
लामो समयदेखी आफूहरुले तलब पाउन नसक्दा गरगहना बन्धकी राखेर काम चलाएको र अहिले त्यसको ब्याज तिर्न पनि समस्या भएको शिक्षकहरुको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दले केही समयअघि सम्पन्न गाउँसभामा देखिएको केही कानुनी जटिलताका कारण समयमै शिक्षक र विद्यालय कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउँदै आएका छन् ।
शिक्षकहरुले कार्यवाहक अध्यक्ष रेणु कुमारी यादवले शिक्षकहरुको तलब खुवाउन भन्दै चार महिना अघि नै प्रमुख प्रशासकीय अधिकृत आनन्दलाई अख्तियारी दिइसकेपनि लस्उनी कार्यालय पनि कमै आउने गरेको गुनासो गरेकी छिन् । पछिल्लो समय भने गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत आनन्दको सरुवा नै भइसकेको जानकारी गराएपछि शिक्षकहरु थप आन्दोलित भएका छन् ।
शिक्षकहरुले अघिल्लो दिन मात्र समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी किरण थापा र कार्यवाहक अध्यक्ष यादवलाई एक ज्ञापनपत्र बुझाई तत्काल आफूहरुको माग सम्बोधन नगरिए विद्यालय बन्द गरि धर्नामा बस्ने जानकारी गराएका थिए । तर पनि तलब खुवाउने तर्फ कुनै पहल नहुँदा बाध्य भई विद्यालय बन्द गरि धर्नामा बस्नु परेको शिक्षकहरुको भनाई छ ।
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव हाल निलम्बित अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । गाउँपालिका अहिले कार्यवाहक अध्यक्ष भएर उपाध्यक्ष रेणुकुमारी यादवले चलाउँदै आएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ