News Category 2080/11/20
वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
आ.ब.२०८०÷०८१ को आयब्यव सार्वजनिक गर्नु पर्ने लगायत विभिन्न ८ बुँदे माग अघि सार्दै सप्तरीको शम्भुनाथ नगरपालिकाका वडाध्यक्षहरुले आइतवार कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् ।
कुल १२ वडा रहेको नगरपालिकाका ७ वटा वडाध्यक्षहरुले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्र मार्फत आ.ब.२०८०÷०८१ को आयब्यव सार्वजनिक गर्नु पर्नेसहित कर्मचारीहरुको दरबन्दी मिलान गर्नु पर्ने, दुई चौमासिकको कार्यप्रगति विवरण सार्वजनिक गर्नू पर्ने, नगपालिकाको प्रशासनिक खर्च सहितको रेडबुक तथा वेवसाइडमा अभिलेख राख्नु पर्ने, १५ शैयाको अस्पताल निर्माण गर्नूृ पर्ने लगायतका ८ बुंदे माग अघि सारिएको छ ।
वडा १ का वडाध्यक्ष जिवछ साह, २ का वडाध्यक्ष दुर्गानन्द भगत, ३ का वडाध्यक्ष नविन चौधरी, ५ का वडाध्यक्ष जामुन चौधरी, ६ का वडाध्यक्ष सचेन्द्र चौधरी, ७ का वडाध्यक्ष गोपाल चौधरी र १० का वडाध्यक्ष सत्यनारायण साहद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्र मार्फत तीन दिन भित्र मागँ पुरा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र मार्फत यस अघि उक्त मागहरु सम्बोधनका लागी पटक÷पटक कार्यवाहक मेयर चौधरीसँग वार्ता गर्दा रुखो ब्यवहार देखाएको उल्लेख गर्दै आपत्ती सहित त्यस्तो गल्ती सच्याउन तथा माफी माग्न समेत माँग गरिएको छ ।
शम्भुनाथ नगरपालिकाका मेयर र उपमेयर दुबै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले जितको छ । मेयर जितेन्द्र प्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टाचार मुदा दायर गरेपछि उनी हाल निलम्बीत अवस्थामा छन् । मेयर निलम्बित भएपछि हाल उपमेयर चौधरी कार्यवाहक मेयर भई नगरपालिका चलाउदै आएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ