News Category 2080/11/21
फागुन २७ देखि रुपनीमा दादुरा रुबेला विरुद्धको खोप लगाईदै
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरीको रुपनी गाउँपालिकामा यही फागुन २७ गतेदेखि चैत २ गतेसम्म दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । गाउँपालिकाको सबै ६ वटै वडामा सो अभियान सञ्चालन हुने जनाइएको छ ।
रुपनी गाउँपालिकाले सोमवार दादुरा रुबेला खोप बारे सरोकारवालाहरुसंग अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजना गरी अभियान बारे जानकारी गराएका हो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले अभियानमा ९ हजार ३ सय १८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको जानकारी दिए । उनले ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सबै वडामा व्यवस्था मिलाई सकिएको उनले बताए ।
रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित पालिका स्तरीय कार्यक्रममा प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, वडा नं. ४ का वडाअध्यक्ष छेदी ईसर, वडा नं. ५ का वडाअध्यक्ष गंगाराम यादव लगायतकाले गाउँपालिका भित्र ५ दिन सम्म संचालन हुने अभियान सफल बनाउन सबैलाई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आग्रह गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ