News Category 2071/10/09
सप्तरी काँग्रेस र एमालेद्वारा सर्वदलिय बैठकको आयोजना
दैनिक संवाददाता
राजविराज, ८ माघ ।
एनेकपा माओवादी नेतृत्वको मोर्चाका कार्यकर्ताले आन्दोलनको नाममा गरिरहेको अलोकतान्त्रिक गतिबिधिको विषयलाई लिएर सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमाले सप्तरीको संयुक्त रुपमा बिहीबार बैठक सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका सभापति दिनेश यादवको अध्यक्षतामा सम्पन्न बैठकमा संबिधान सभाभित्र ०७१ माघ ५ गते एमाओवादी नेतृत्वको मोर्चाले गरेको तोडफोड र अमर्यादित गतिबिधिको निन्दा एवं भत्र्सना गर्दै सम्भव भए सम्म सहमितले नभए तत्काल प्रकृया शुरु गरी संबिधान जारी गर्न माग गरेको छ ।
काँग्रेस सभापति दिनेश यादव र एमाले सभापति गोबिन्द न्यौपानेले संयुक्त रुपमा विज्ञप्ति जारि गर्दै बैठकमा बन्द रहेको एमाले सप्तरीको कार्यालयमा ०७१ माघ ६ गते मोर्चाको बन्दको दिन नकावधरी समुहले गरेको आगजनी र ०७१ माघ ७ गते एमालेले राजबिराजमा गरेको शान्तिपूर्ण जुलुसबाट फर्किरहेका एमाले जिल्ला सदस्य शुभकलाल रामलाई पछाडिबाट ढुंगा प्रहार गरी घाइते बनाएको घटनाको निन्दा समेत गरेको जनाइएको छ ।
सोही बैठकले घटनाको अबिलम्ब छानवीन गर्न र दोषिलाई सार्वजनिक गरी कारवाहि गर्न माग गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै बैठकबाट संबिधान निमार्णकालागि दवाव दिन र जिल्लामा हुने गतिबिधिलाई अगाडि बढाउन सत्तारुढ दललका युवा बिद्यार्थीका जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय नेताहरु र जिल्ला अध्यक्षहरु रहेको युवा बिद्यार्थी समन्वय समिति गठन गने निर्णय समेत गरेको जनाइएको छ ।
यसैगरि उत्पन्न पछिल्लो घटना र परिस्थितीका विषयमा छलफल गर्न ०७१ माघ ९ गते दिनको १ बजे सत्तारुढ गठबन्धनका दलहरु, एमाओवादी नेतृत्वको ३० दलिय मोर्चा आवद्ध दलहरु, नागरिक समाजका प्रतिनिधि, उद्योगी ब्यापारी, मानवअधिकारकर्मी र पत्रकार समेतको सर्वपक्षिय भेला गर्ने निर्णय गर्दै बैठकले युवा बिद्याथी समन्वय समिति बैठक बसी बिभिन्न चरणबद्ध कार्यक्रम तय गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ