News Category 2080/11/23
प्रहरी सहायक हवल्दारको छतबाट लडेर मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
ईलाका प्रहरी कार्यालय बोदे बरसाईन सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार कृष्ण मोहन सिंहको छतबाट लडेर मृत्यु भएको छ ।
मंगलबार राति १० बजे ड्युटी सकेर आफ्नो कोठामा सुतेका सिंह अचानक राति ३ः४० बजे छतबाट लडेर तल झरेका थिए ।
ड्युटीमा रहेका सेन्ट्रीले आवाज सुनेपछि तत्कालै उपचारको लागि जीवन ज्योति हस्पिटल प्रालिमा लगेको र त्यहाँ उपचार हुने सम्भव नभएपछि राजविराजस्थित छिन्नमस्ता हस्पिटल पठाएकोमा त्यहा मृत घोषणा गरेको थियो ।
जिल्ला सर्लाही बलरा नगरपालिका १० सिंह टोल बस्ने ३३ वर्षीय प्रहरी सहायक हवल्दार सिंहको दरबन्दी प्रहरी चौकी बिसनपुर सप्तरीमा रहेको छ ।
जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक ढुन्डीराज नेउपानेले आफन्त आएपछि पोस्टमार्टम गराएर परिवारलाई जिम्मा लगाउने बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ