News Category 2080/11/23
प्रहरी सहायक हवल्दारको छतबाट लडेर मृत्यु

दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
ईलाका प्रहरी कार्यालय बोदे बरसाईन सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार कृष्ण मोहन सिंहको छतबाट लडेर मृत्यु भएको छ ।
मंगलबार राति १० बजे ड्युटी सकेर आफ्नो कोठामा सुतेका सिंह अचानक राति ३ः४० बजे छतबाट लडेर तल झरेका थिए ।
ड्युटीमा रहेका सेन्ट्रीले आवाज सुनेपछि तत्कालै उपचारको लागि जीवन ज्योति हस्पिटल प्रालिमा लगेको र त्यहाँ उपचार हुने सम्भव नभएपछि राजविराजस्थित छिन्नमस्ता हस्पिटल पठाएकोमा त्यहा मृत घोषणा गरेको थियो ।
जिल्ला सर्लाही बलरा नगरपालिका १० सिंह टोल बस्ने ३३ वर्षीय प्रहरी सहायक हवल्दार सिंहको दरबन्दी प्रहरी चौकी बिसनपुर सप्तरीमा रहेको छ ।
जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक ढुन्डीराज नेउपानेले आफन्त आएपछि पोस्टमार्टम गराएर परिवारलाई जिम्मा लगाउने बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ