News Category 2080/11/23
कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक

दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
सप्तरीको कञ्चनरुपन नगरपालिकाले बुधबार दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको वडा नं. २ बरमझियास्थित कभर्ड हलमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ को प्रथम चौमासिक सम्मको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो ।
“नगरवासीसँग नगरपालिका” नारासहित शुरु गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका सबै फाँटका प्रमुख तथा कर्मचारी, सुरक्षा निकायका प्रमुख सरोकारवाला निकाय, संचारकर्मीका साथै स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
यसरी सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्ने कञ्चनरुप नगरपालिका जिल्लाकै पहिलो पालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले बताए ।
सो अवसरमा उनले नगरपालिकाका जनप्रतिनिधिहरुको तर्फबाट नगर विकासका खाका र साझा संकल्प व्यक्त गर्दै भावी दिनमा गर्नु पर्ने थप कार्यहरुका लागि सहभागितासँग राय सुझाव समेत संकलन गरे ।
उनले नगरपालिकामा १५ शैय्याको अस्पताल, शित भण्डारको निर्माण, गर्भवती र विपन्न समुदायसँग मेयर, सडक विस्तार लगायतका कामका साथै शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा विकास बजेटको अधिकांश रकम खर्चिएको बताए ।
नगरपालिकाले स्वास्थ क्षेत्रमा गरेको उत्कृष्ट कार्य तथा व्यवस्थापनका कारण जिल्लामा प्रथम र प्रदेशमा तेश्रो स्थानमा हासिल गर्न सफल भएको बताउँदै उनले बजेट छरेर सिध्याउनु भन्दा हरेक वर्ष दुई चार वटा भएपनि अति आवश्यक र ठुलो संख्यामा नगरवासीले लाभ लिन सक्ने योजनामा पुग्ने बजेट विनियोजन गर्ने सोच अनुसार अघि बढेको र यसमा सबैको सकारात्मक साथ र सहयोगको अपेक्षा राखेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले दुई आर्थिक वर्षको प्रथम चौमासिक वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरे । प्रतिवेदन नगरपालिकाले २०७९ड्ढ–स्÷८० मा १ करोड ४० लाख २९ हजार राजस्व संकलन गर्न सफल भएको उल्लेख गरिएको छ ।
यस्तै २०८०÷८१ हालसम्ममा ४० लाखभन्दा बढी राजस्व संकलन गर्न सफल भएको प्रतिवेदन मार्फत जनाइएको छ । प्रतिवेदनअनुसार २०८०।०८१ का लागि कुल ७६ करोड ७० लाख २० हजार ६ सय ७८ रुपैया विनियोजन गरिएकोमा हालसम्म विभिन्न शिर्षकमा गरी २८ करोड ३५ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । उनले न्यायिक समिति मार्फत परेको ४१ मुद्दा मध्ये ३३ वटाको न्याय सम्पादन कार्य सकिएको र न्याय सम्पादनमा समेत यो नगरपालिका अब्बल रहेको बताए ।
उनले संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ नियकाय एवम् विभिन्न संघ संस्थाबाट उपलब्ध भएको श्रोतको उचित परिचान गरी विकास निर्माण र सुशासन समेतलाई गति प्रदान गरिएको बताए ।
नगरप्रमुख गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख मुना पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिले सो अवसरमा आ आफ्ना सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ