News Category 2080/11/24
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
भारतका कोशी पीडित संघर्ष समितिका संयोजक एवं जनअधिकार पार्टी बिहार प्रदेशका अध्यक्ष उपेन्द्र कुशवाहाले कोशी पीडितले आवश्यक मुआब्जा नपाए त्यस क्षेत्रका बासिन्दाले भारतमा निकट भविष्यमा हुन लागेको लोकसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
कोशी पदयात्रा नाम दिइ निस्केको टोली बारे अग्रिम जानकारी तथा नेपालका कोशी पीडितहरु समेतलाई व्यापक सहभागि गराउने उद्देश्यले बिहीबार राजविराज आइपुगेका उनले सो जानकारी दिएका हुन् ।
उनले नेपाल–भारत दुबै तर्फका कोशी पीडित आ–आफ्नो सरकारको ध्यानाकर्षण र दबाबका लागि मिलेर काम गर्ने नीति अनुसार १५ सूत्रिय माग अघि सार्दै भारतीय भूमिमा कोशी पीडितहरुले थालेको पदयात्रा आगामी चैत ४ गते सप्तरी सुनसरीको बीच सीमामा पर्ने कोशी ब्यारेज पुग्ने बताए ।
कोशीबाट पीडित भएकाहरुको समस्या समाधानका लागि आ–आफ्नो मुलुकका सरकारको ध्यानाकर्षण गराउन नेपाल–भारत दुबै क्षेत्रमा पदयात्राको आयोजना गरिएको उनको भनाई छ । भारतीय भुमि सहरसा, सिपौेल, मधुबनी र दरभंगामा फागुन १९ देखी सुरु भएको कोशी पदयात्रा चैत्र ४ गते नेपालको कोशी ब्यारेज पुगि सम्पन्न हुने र त्यसपछि दोश्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरिने उनले बताए ।
मुआब्जाका लागि दशकौंदेखी सप्तरी, सुनसरी, र उदयपुरका कोशी पीडितहरु संघर्षरत रहेका बेला कोशीबाट पीडित सीमावर्ती भारतीय क्षेत्रका वासिन्दा समेत आन्दोलित भएका छन् । उनले दुबै तर्फका कोशी पीडितहरुको समस्या एकै प्रकारका रहेको भन्दै मिलेर अघि बढ्दा आ–आफ्नो सरकारलाई ती समस्या समाधानका लागि घचघचाउन र दबाब बनाउन बल मिल्ने विश्वास समेत व्यक्त गरे ।
उनले कोशीको बाढीबाट सीमावर्ती भारतको सहरसा, सुपोल, दरभंगा र मधुवनीका ३ सय ८० गाउँका जनता प्रभावित बन्दै आएको जानकारी समेत दिए ।
“आफूहरुको अभियानमा नेपालका सप्तरी, सुनसरी र उदयपुरका कोशी पीडितहरुको पनि साथ, सहयोग र समर्थन प्राप्त होस् भन्ने उद्देश्यका साथ आएका हौं, उनले संचारकर्मीहरुको भेटघाटमा भने, सबैले सहयोगको प्रतिबद्धता जनाएका छन् ।”
उनले कोशीबाट पीडित भारतीय र नेपाली दुबैलाई मुआब्जा उपलब्ध गराउनु पर्नेसहितका १५ बुँदे माग सहितको ज्ञापनपत्र भारतको बिहार राज्य र केन्द्रिय सरकारलाई बुझाइसकेको जानकार िसमेत दिएका छन् । कोशी कटान डुवान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरका संयोजक महिदेव चौधरीले कोशी पीडितको पक्षमा आवाज उठाउने सबैप्रति आफूहरुको समर्थन र सहयोग रहने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ