News Category 2080/11/25
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकारिता छाडेर अन्य पेशा, व्यवसायमा लागेकाहरुले तालाबन्दी गरेकोप्रति जिल्लाका पाँच वटा संघ–संगठनहरुले आपत्ति जनाएका छन् ।
प्रेस युनियन, प्रेस मञ्च, प्रेस सेन्टर, प्रेस चौतारी र समाजवादी प्रेस संगठन सप्तरीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै लगाइएको तालाबन्दी प्रति आपत्ति जनाएको हो ।
प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, प्रेस मञ्च सप्तरीका अध्यक्ष भुषणकुमार सिंह, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव, प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राई र समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिलकुमार पोखरेलद्वारा हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा ताला खोलि वार्ता र सम्वादको माध्यमले समस्या समाधान गर्न सम्बद्ध पक्षसँग आग्रह समेत गरिएको छ ।
विज्ञप्तिमा सदस्य शुद्धिकरण अभियानमा पाँच वटै संगठनको समर्थन रहेको उल्लेख गरिएको छ । ‘नेपाल पत्रकार महासंघ, चेन अफ कमाण्ड भित्रको र केन्द्रको निर्देशन अनुसार चल्ने संस्था भएको हामीले बुझेका छौं । केन्द्रीय कार्यालयले देशभर शुद्धिकरण गर्ने अभियान चलाएपछि सप्तरी शाखाले पनि चलाएको हामी सबैलाई अवगतै छ । जसको हामी सबै संगठनले समर्थन पनि गरेका हौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘शाखाको शुद्धिकरण निर्णयपछि कतिपयले प्रदेश समितिमा उजुरी पनि दिएका थिए । प्रदेशले सिफारिस गरी केन्द्रमा बुझाउँदा पनि कतिपयले उजुरी हालेका छन् । केन्द्रले अहिलेसम्म सदस्यता निक्र्याैल गरि नसकेको अवस्था विद्यमान छ ।’
‘नेपाल पत्रकार महासंघ सप्तरीको राजविराजस्थित कार्यालयमा मिति २०८० फागुन २४ गते सदस्यता श्ुद्धिकरणमा परेकामध्ये केहि व्यक्ति (पत्रकारिता छाडेर अन्य पेशा, व्यवसायमा लागेका) ले गरेको तालाबन्दी प्र्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा लोकतन्त्र स्थापनाको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको महासंघ नागरिकको मौलिक हक अधिकार, मानवअधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएको तथ्य कसैबाट लुकेको छैन् ।’
स्वेच्छाले सदस्यता परित्याग गरेकाहरुले पुनः आफ्नो सदस्यता कायम रहनुपर्छ भनि ढिपी कसेको भन्दै विज्ञप्तिमा उनीहरुको नैतिकतामाथि प्रश्न समेत उठाइएको छ । ‘अझ स्वेच्छाले सदस्यता परित्याग गरेकाहरु पुनः आफ्नो सदस्यता कायम रहनुपर्छ भनी ढिपी कस्नु नैतिकताको बिषय हुनै सक्दैन् । पत्रकार महासंघ, विशुद्ध पत्रकारहरुको मात्र संस्था बन्नुपर्नेमा हामी प्रतिबद्ध छौं । यो पेशा छाडेर अन्य पेशामा गएकालाई आफैं सदस्यता त्याग गर्नुपर्नेमा सदस्य रहन पाउँ भन्नु न्यायसंगत हुन सक्दैन् ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै सप्तरी शाखाले साधारणसभा गर्ने मिति निर्धारण गरिसकेपछि केन्द्रले नै रोक्न निर्देशन दिएको उल्लेख गर्दै सदस्यता कायम गराउने र साधारण सभा गर्ने अधिकार अहिले शाखालाई नभएको विषय सबैले बुझ्नुपर्ने विज्ञप्तिमा स्पष्ट गरिएको छ । ‘नयाँ सदस्यता दिने बिषयमा महासंघले प्रक्रिया अगाडी बढाईसकेको भनि महासंघको विज्ञप्तीबाट यसअघि नै सार्वजनिक भईसकेको छ । तर, तालाबन्दीले उक्त काम पनि प्रभावित हुने देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघले मागलाई सकारात्मक लिदैं एक चरणको वार्ता पनि गरेको हामीलाई अवगत भएको छ । अर्काे चरणको वार्ता बसी समस्या समाधान गर्नुपर्नेमा त्यसतर्फ ध्यान नदिई एक्कासी ताला नै लगाउनु ठीक होइन् । केहि कुरामा असहमति भए वार्ता र सम्वादको माध्यमले समाधान खोज्नुपर्नेमा वा अन्य रचनात्मक आन्दोलन गर्नुपर्नेमा सोझै कार्यालयमा ताला लगाउनु न्यायसंगत हुनै सक्दैन् ।’
यसअघि पीडित पत्रकारहरुको समूहले बिहीबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन बर्ष बितिसक्दा पनि एक पटक साधारण सभा नगरेको, सदस्यता शुद्धिकरणको नाममा पक्षपात गरी सदस्यता नविकरण नगरेको र योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको सहितका माग पुरा नभए सम्मका लागि तालाबन्दी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ