News Category 2080/11/30
धार्मिक कार्यक्रम स्थल तथा भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सप्तरीको कंचनरुप नगरपालिका ३ बरमझियामा चैत्र १ गते देखि नादमय वेदमय श्रीभागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ ।
भागवत कथा ज्ञान महायज्ञ समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि गति, मुक्ती, विश्वशान्ति, भक्ती तथा मानव कल्याणका साथै नादानुसन्धान सामुदायिक भवन निर्माणका लागी आर्थिक श्रोत जुटाउन महायज्ञ गर्न लागिएको जानकारी दिएको छ ।
कथाकार एवं प्रवचनकर्ता स्वामी मुरली धरानन्द दासले विश्वशान्ति, मानव कल्याणको कामना सहित नादानुसन्धान सामुदायिक भवन (धार्मिक कार्यक्रम स्थल तथा भवन) निर्माणका लागी आर्थिक श्रोत जुटाउन महायज्ञ गर्न लागिएको बताए ।
चैत ९ गतेसम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न विद्वान, साधु सन्त तथा हज्जारौको संख्यामा भक्तजनको सहभागिता रहने उनले जनाए । महायज्ञमा नादाचार्य, वेदान्तीर्थ स्वामी मुरली धरानन्दका साथै भारतका चर्चित सनातन धर्मगूरु एवं धर्म प्रचारक अमर बहादुर तिवारीको मुखार विन्दबाट स–रहस्य मधुमय भागवत कथा वाचन हुने आयोजक समितिले जानकारी दिएको छ ।
महायज्ञ उद्घाटनका दिन हजारौको सहभागितामा कलशयात्रा निकालिने छ । यस्तै चैत्र २ गते देखी चैत्र ८ गते सम्म भागवत कथा वाचन र सदगुरु कविर लिला तथा चैत्र ९ गते सन्त सम्मेलन, कृष्णलिला र ब्रहमालीन महन्त प्रकाशमणी साहेवको ३३ औं निर्वाण महोत्वस गरी महायज्ञ सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ