News Category 2080/12/01
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
राजविराज नगरपालिकाले पशु चौपायालाई विभिन्न रोगबाट जोगाउन र पशुपालक किसानलाई राहत प्रदान गर्ने उद्देश्यले पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु गरेको छ ।
पशुपंक्षी विकास शाखामार्फत पहिलो चरणमा नगरक्षेत्रका किसानहरुसँग रहेको बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाउने काम विहीवारदेखि सुरु गरिएको हो ।
अभियान अन्तर्गत नगरक्षेत्रका पशुपालकसँग रहेको झण्डै ६ हजार बाख्रालाई उक्त खोप लगाउने तयारी भएको नगरपालिकाको पशुपंक्षी विकास शाखाका प्रमुख परमेश्वर यादवले जानकारी दिए ।
दोश्रो चरणमा गाईवस्तुमा हुने खोरेत रोग विरुद्धको खोप लगाईने तयारी भईरहेको उनले जानकारी दिएका छन् । अभियान अन्तर्गत नगरपालिकाबाट पशुचिकित्सक र प्राविधीकको टोली पुगेर खोप लगाउने तथा पशु रोग विरुद्ध पशुपालकलाई सचेत पार्ने काम पनि सुरु भएको कार्यवाहक नगर प्रमुख इसरत परवीनले बताइन ।
नगरपालिका क्षेत्रका सबै १६ वटै वडामा संचालन हुने यो अभियानले पशु चौपायाको सुरक्षा र पशुपालक किसानको लगानी सुरक्षित हुने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ