News Category 2080/12/02
सरकारी कागजात किर्ते गरी फरार रहेका मध्येका एक लेखापढी व्यवसायी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सरकारी लिखत किर्ते गरी संगठित रुपमा ठगी गरेको मुद्दाका फरार आरोपी मध्येका एक लेखापढी व्यवसायीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी ३६ वर्षिय शंकर प्रसाद यादव छन् । उनी भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीका लेखापढी व्यवसायी हुन । गोप्य सूचनाका आधारमा बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डिराज नेउपानेले प्रहरीको फरार सुचीमा रहेका उनलाई शुक्रवार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको बताए ।
माघ २७ गते राजविराजस्थित एनआइसी एशिया बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनी र सोही आधारमा २ करोड ८० लाख ऋण स्विकृत गराई २ करोड ३० लाख रुपैया बैंकबाट झिकि ठगी गरेको आरोपमा प्रहरीले बैंकका प्रबन्धक सन्तोष यादवसहित १० जनाबिरुद्ध सरकारी लिखत किर्ते गरी संगठित रुपमा ठगी गरेको आरोपमा मुद्दा चलाएको थियो ।
मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी भएसंगै उनीहरु फरार भएका थिए । सो प्रकरणमा मुछिएका बैंकका प्रबन्धक यादव, भुमिसुधार तथा मालपोत कार्यालयका कम्प्युटर अपरेटर दिपक शर्मा र व्यवसायी मो.समसाद मंसिर १० गते नै प्रहरीमा उपस्थित भएका थिए ।
अदातलको आदेशमा हाल उनीहरु पुर्पक्षका लागी राजविराज कारागारमा छन । उक्त अपराधमा संलग्न अन्य फरार आरोपीको खोजी कार्य जारी रहेको प्रहरीेले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ