News Category 2080/12/05
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
अख्तियारमा सप्तरीको बोदेबरसाइन नगरपालिकाबाट सबै भन्दा बढी र राजगढ गाउँपालिकाबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ ।
सप्तरीमा पालिकागत हिसाबले सबैभन्दा बढी बोदेबरसाइन नगरपालिकाबाट ६७ बटा भ्रष्टाचारको उजुरी परेको छ भने राजगढबाट सबैभन्दा कम ७ वटा उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीद्वारा सोमबार राजविराजमा आयोजित “भ्रष्टाचार विरुद्धको सहर्कायःसुशासनका लागि अपरिहार्य” विषयक कार्यक्रममा आयोगका क्षेत्रिय प्रमुख सुरेश न्यौपानेले कार्यक्रममा भ्रष्टाचारको सर्वाधिक उजुरी पर्ने जिल्लामा सप्तरी पहिलो र पाँचथर अन्तिममा परेको तथ्याङ्क प्रस्तुत गरेका हुन् । यस्तै जिल्लाको राजविराज नगरपालिकाबाट ६४, डाक्नेश्वरी नगरपालिकाबाट ५२, महादेवा गाउँपालिकाबाट ४३, रुपनी गाउँपालिकाबाट ३९, कंचनरुप नगरपालिकाबाट ३१, सप्तकोशी नगरपालिकाबाट ३०, सुरुङ्गा नगरपालिकाबाट २९, हनुमाननगर कंकालिनी नगरपालिकाबाट २७, विष्णुपुर गाउँपालिकाबाट २१, बलान विहुल गाउँपालिकाबाट २०, शम्भुनाथ नगरपालिकाबाट १९, तिरहुत गाउँपालिकाबाट १८, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाबाट १७÷१७ वटा तथा अग्नीसाईर कृष्णसवरण गाउँपालिकाबाट ९ वटा भ्रष्टाचार विरुद्धको उजुरी परेको छ ।
सप्तरीमा गत वर्षको सरेर आएको सहित कुल ६ सय ४६ मध्ये २ सय ४६ उजुरी फछ्र्यौट भईसकेको र बाँकि छानवीनको प्रकृयामा रहेको आयोगका क्षेत्रिय प्रमुख नेउपानेले जानकारी दिए ।
आयोगका आयुक्त हरी पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको प्रमुख अतिथ्यामा आयोजित कार्यक्रममा १८ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भ्रष्टाचार विरुद्ध तयार पारिएको श्रव्य दृष्य सामग्री समेत प्रर्दशन गर्दै सरोकारवालालाई सचेत गराउने प्रयास गरिएको थियो ।
आयोगको क्षेत्रीय कार्यालयले कोशी प्रदेशको ११ र मधेश प्रदेशको सप्तरी गरी १२ वटा जिल्ला हेर्दै आएको छ । प्रस्तुत तथ्याङ्क अुनसार गत वर्षको सरेर आएको १ सय ७८ तथा चालु आ.ब. २०८०÷८१ को फागुन मसान्त सम्मको ४ सय ६५ गरी सप्तरीबाट कुल ६ सय ४६ उजुरी छानवीन र कारवाहीको प्रकृयामा रहेको छ । यस्तै सबभन्दा कम पाँचथरबाट १८ वटामात्र उजुरी परी छानवीनको प्रकृयामा रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ