News Category 2080/12/05
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
अख्तियारमा सप्तरीको बोदेबरसाइन नगरपालिकाबाट सबै भन्दा बढी र राजगढ गाउँपालिकाबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ ।
सप्तरीमा पालिकागत हिसाबले सबैभन्दा बढी बोदेबरसाइन नगरपालिकाबाट ६७ बटा भ्रष्टाचारको उजुरी परेको छ भने राजगढबाट सबैभन्दा कम ७ वटा उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीद्वारा सोमबार राजविराजमा आयोजित “भ्रष्टाचार विरुद्धको सहर्कायःसुशासनका लागि अपरिहार्य” विषयक कार्यक्रममा आयोगका क्षेत्रिय प्रमुख सुरेश न्यौपानेले कार्यक्रममा भ्रष्टाचारको सर्वाधिक उजुरी पर्ने जिल्लामा सप्तरी पहिलो र पाँचथर अन्तिममा परेको तथ्याङ्क प्रस्तुत गरेका हुन् । यस्तै जिल्लाको राजविराज नगरपालिकाबाट ६४, डाक्नेश्वरी नगरपालिकाबाट ५२, महादेवा गाउँपालिकाबाट ४३, रुपनी गाउँपालिकाबाट ३९, कंचनरुप नगरपालिकाबाट ३१, सप्तकोशी नगरपालिकाबाट ३०, सुरुङ्गा नगरपालिकाबाट २९, हनुमाननगर कंकालिनी नगरपालिकाबाट २७, विष्णुपुर गाउँपालिकाबाट २१, बलान विहुल गाउँपालिकाबाट २०, शम्भुनाथ नगरपालिकाबाट १९, तिरहुत गाउँपालिकाबाट १८, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाबाट १७÷१७ वटा तथा अग्नीसाईर कृष्णसवरण गाउँपालिकाबाट ९ वटा भ्रष्टाचार विरुद्धको उजुरी परेको छ ।
सप्तरीमा गत वर्षको सरेर आएको सहित कुल ६ सय ४६ मध्ये २ सय ४६ उजुरी फछ्र्यौट भईसकेको र बाँकि छानवीनको प्रकृयामा रहेको आयोगका क्षेत्रिय प्रमुख नेउपानेले जानकारी दिए ।
आयोगका आयुक्त हरी पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको प्रमुख अतिथ्यामा आयोजित कार्यक्रममा १८ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भ्रष्टाचार विरुद्ध तयार पारिएको श्रव्य दृष्य सामग्री समेत प्रर्दशन गर्दै सरोकारवालालाई सचेत गराउने प्रयास गरिएको थियो ।
आयोगको क्षेत्रीय कार्यालयले कोशी प्रदेशको ११ र मधेश प्रदेशको सप्तरी गरी १२ वटा जिल्ला हेर्दै आएको छ । प्रस्तुत तथ्याङ्क अुनसार गत वर्षको सरेर आएको १ सय ७८ तथा चालु आ.ब. २०८०÷८१ को फागुन मसान्त सम्मको ४ सय ६५ गरी सप्तरीबाट कुल ६ सय ४६ उजुरी छानवीन र कारवाहीको प्रकृयामा रहेको छ । यस्तै सबभन्दा कम पाँचथरबाट १८ वटामात्र उजुरी परी छानवीनको प्रकृयामा रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ