News Category 2071/10/10
काँडे तारको घेराले राजविराजवासी त्रसित
दैनिक संवाददाता
राजविराज, ९ माघ ।
सप्तरीको इतिहासमा पहिलो पटक सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकदेखी जनआन्दोलन चौकसम्मको क्षेत्रमा काँडे तारको घेरा लगाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
२०७१ माघ ८ गते संविधान जारि गर्न विभिन्न राजनीतिक दलहरुले गरेको वाचा र प्रतिबद्धता अनुसार संविधान जारि नभएपछि कुनै अप्रिय घटना हुन नदिन सुरक्षालाई मध्यनजर गरि स्थानिय प्रशासनले राजविराजको अति व्यस्त मानिने सडक खण्डमा यस्तो व्यवस्था गरेको हो ।
तर, स्थानियहरु शुक्रबार दिनभरि नै यस्तो अवस्था देखर त्रसित भएका थिए । स्थानिय लालबाबु साहले आजसम्म राजविराजको इतिहासको कालखण्डमा यस सडकखण्डमा यस्तो सुरक्षा व्यवस्था नदेखेको बताउनुहुन्छ ।
आन्दोलनका लागि सप्तरी अग्रभूमिको रुपमा प्रयोग हुँदै आएको अवस्थामा विगतको २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, २०५२ सालदेखीको माओवादी भूमिगत आन्दोलन, २०६२÷६३ सालको जनआन्दोलन, २०६३ सालको मधेश आन्दोलन र त्यसपछिको सशस्त्र समूहको गतिविधी हँुदा समेत सप्तरी सदरमुकाममा अत्यन्त थोरै मात्रामा कर्फ्यु तथा कुनै निषेधित क्षेत्र तोकिन्थ्यो ।
तर, २०७१ माघ ९ गते के त्यस्तो अवस्था सृजना भयो जुन स्थानिय प्रशासनले जिल्ला अथवा नगरकै अति व्यस्त व्यापारि क्षेत्रमा काँडे तारको घेरा लगाउनु प¥यो ? यस्ता धेरै प्रश्न अहिले सो क्षेत्रका स्थानियवासीहरुको मनमा रहेको छ ।
यसप्रति सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले सुरक्षाका कारण देखाएर काँडे तार लगाउनु परेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ