News Category 2071/10/10
काँडे तारको घेराले राजविराजवासी त्रसित
दैनिक संवाददाता
राजविराज, ९ माघ ।
सप्तरीको इतिहासमा पहिलो पटक सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकदेखी जनआन्दोलन चौकसम्मको क्षेत्रमा काँडे तारको घेरा लगाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
२०७१ माघ ८ गते संविधान जारि गर्न विभिन्न राजनीतिक दलहरुले गरेको वाचा र प्रतिबद्धता अनुसार संविधान जारि नभएपछि कुनै अप्रिय घटना हुन नदिन सुरक्षालाई मध्यनजर गरि स्थानिय प्रशासनले राजविराजको अति व्यस्त मानिने सडक खण्डमा यस्तो व्यवस्था गरेको हो ।
तर, स्थानियहरु शुक्रबार दिनभरि नै यस्तो अवस्था देखर त्रसित भएका थिए । स्थानिय लालबाबु साहले आजसम्म राजविराजको इतिहासको कालखण्डमा यस सडकखण्डमा यस्तो सुरक्षा व्यवस्था नदेखेको बताउनुहुन्छ ।
आन्दोलनका लागि सप्तरी अग्रभूमिको रुपमा प्रयोग हुँदै आएको अवस्थामा विगतको २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, २०५२ सालदेखीको माओवादी भूमिगत आन्दोलन, २०६२÷६३ सालको जनआन्दोलन, २०६३ सालको मधेश आन्दोलन र त्यसपछिको सशस्त्र समूहको गतिविधी हँुदा समेत सप्तरी सदरमुकाममा अत्यन्त थोरै मात्रामा कर्फ्यु तथा कुनै निषेधित क्षेत्र तोकिन्थ्यो ।
तर, २०७१ माघ ९ गते के त्यस्तो अवस्था सृजना भयो जुन स्थानिय प्रशासनले जिल्ला अथवा नगरकै अति व्यस्त व्यापारि क्षेत्रमा काँडे तारको घेरा लगाउनु प¥यो ? यस्ता धेरै प्रश्न अहिले सो क्षेत्रका स्थानियवासीहरुको मनमा रहेको छ ।
यसप्रति सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले सुरक्षाका कारण देखाएर काँडे तार लगाउनु परेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ